कांग्रेसका पूर्व सांसद र सभापतिका उम्मेदवार नै पराजित

पोखरा । नेपाली कांग्रेस कास्कीको अधिवेशनमा पूर्व सांसद वृन्दा राना महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छिन् ।

जिल्ला सभापतिमा दाबी गरिरहेका कृष्ण कार्की पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

अघिल्लो कांग्रेस महाधिवेशन कोषाध्यक्ष लडेका कार्की यसपटक कास्की जिल्ला सभापति उठ्ने घोषणा गरेका थिए ।

कार्कीले क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए । खुलाबाट १० जना प्रतिनिधि छानिनेमा कार्की ११औं स्थानमा आएका हुन् ।

पूर्व सांसद राना कास्की क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी थिइन् ।

कास्की क्षेत्र नं. १ का राजेन्द्रमणि लामिछाने, क्षेत्र नं. २ मा केशरप्रसाद निर्दोषी र क्षेत्र नं. ३ मा मनोज गुरुङ सभापति बनेका छन् ।

क्षेत्र नम्बर ३ का निर्वाचित गुरुङ देउवा समूहका हुन् । लामिछाने र निर्दोषी पौडेल समूहका हुन् ।

Published : Tuesday, 2021 November 23, 9:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया