प्यूठान कांग्रेसको मतगणनास्थलमा गोली चल्यो, गगन निकटका सभापतिको जित निश्चित
प्यूठान । नेपाली कांग्रेस प्यूठानको जिल्ला अधिवेशनका क्रममा मतगणना भइरहेका बेला धाँधली भएको भन्दै बबाल भएपछि प्रहरीले गोली चलाएको छ ।
बबाल भएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो । सभापतिमा विष्णु गिरी र शिव रिजालबीच प्रतिस्पर्धा भइरहेको थियो ।
६५ भोट गणना हुन बाँकी रहेका बेला सभापतिका उम्मेदवार शिव रिजालको समूहले धाँधली भएको भन्दै तोडफोड गरेपछि तनावको स्थिति भएको कांग्रेसका नेता डा.गोविन्द पोखरेलले जानकारी दिए ।
सभापतिमा उम्मेदवार बनेका विष्णु गिरी ५२९ मत पाएका थिए । सभापतिका अर्का उम्मेदवार शिव रिजाल ४६३ मत पाएका थिए । ६ मत बदर भएको थियो ।
जितको नजिक रहेका सभापतिका उम्मेदवार विष्णु गिरी गगन थापा निकटका हुन् । शिव रिजाल सभापति शेरबहादुर देउवा निकटका हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया