ओखलढुंगामा अन्तरघाती ‘ग्याङ’द्वारा बबाल, तामाङले झण्डै तरुण उपाध्यक्षको दनक भेटे

ओखलढुंगा । नेपाली कांग्रेस ओखलढुंगाको जिल्ला अधिवेशनमा कमल तामाङको समूहले उपत्पात मच्चाएको छ ।

मंगलबार ओखलढुंगामा अधिवेशनका लागि मतदान भइरहेका बेला नमूना मतपत्रलाई लिएर रामचन्द्र पौडेल समूहबाट उप–सभापतिको उम्मेदवार रहेका तामाङले लफडा गरेका हुन् । नमूना मतपत्रलाई तामाङले फर्जी भनेर बबाल गरेका थिए । तामाङसँग ज्ञानेन्द्र रुम्दालीले पनि बबाल गरेका थिए ।

तामाङ र रुम्दाली ओखलढुंगा कांग्रेसका अन्तरघाती हुन् । तामाङलाई कारबाही भएको थिएन । तर, रुम्दालीलाई कांग्रेसले कारबाही गरेको थियो ।

पौडेल समूहबाट उप–सभापतिमा उम्मेदवार बनेका तामाङले गएको प्रतिनिधि सभा र प्रदेश सभामा कांग्रेसका उम्मेदवार हराउन ठूलो अन्तरघात गरेका थिए । बैदेशक रोजगार व्यवसायी समेत रहेका तामाङका गतिविधि कांग्रेस विरोधी हुने गरेको आरोप छ ।

नमूना मतपत्रलाई लिएर पौडेल समूहका तामाङले सभापति शेरबहादुर देउवा समूहबाट सभापतिका उम्मेदवार तेजेन्द्र खनालमाथि हातपात गर्न खोजेका थिए ।

तामाङले बबाल गरेर सभापतिका उम्मेदवार खनालमाथि आक्रण गर्न खोजेपछि नेपाल तरुण दल ओखलढुंगाका उपाध्यक्ष उमेश गौतमले कुर्सीमा हानेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरेका थिए ।

कांग्रेसका युवा नेता रामहरि खतिवडासहितका नेताहरूको पहलमा स्थितिलाई नियन्त्रणमा लिएर स्थगित भएको मतदान प्रक्रियालाई अगाडि बढाइएको थियो ।

पौडेल समूहबाट सभापतिमा बालकृष्ण दाहाल उम्मेदवार बनेका छन् । ओखलढुंगामा यसअघि भएको प्रदेश क्षेत्रको दुई वटा अधिवेशनमा देउवा समूहले सभापतिमा कब्जा जमाइसकेको छ ।

Published : Tuesday, 2021 November 23, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया