सिन्धुपाल्चोकमा देउवा समूहले जितको झण्डा गाड्यो, पौडेल–कोइराला समूहको लज्जास्पद हार

मेलम्ची । सिन्धुपाल्चोक जिल्लामा सभापति शेरबहादुर देउवा समूहले अधिकांश पालिकाको अधिवेशनमा जित हासिल गरेको छ ।

३ वटा पालिका बाहेक सबै पालिकामा देउवा समूहका सभापतिसहितका उम्मेदावरले जित हासिल गरेका छन् ।

देउवा निकट मानिने केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको पहलमा सिन्धपाल्चोकमा देउवा समूहले जित हासिल गरेको हो ।

क्षेत्र नं. २ को मेलम्ची नगरपलिकाको सभापतिमा देउवा निकटका बसन्त गुरुङ निर्वाचित भएका छन् ।

हेलम्बी गाउँपालिकाको सभापतिमा देउवा निकटका राजकुमार भण्डारी निर्वाचित भएका छन् । पाँचपोखरी गाउँपालिकाको सभापतिमा रामचन्द्र पौडेल निकटका नेता निर्वाचित भएका छन् । चौतारा नगरपालिकामा र इन्द्रावतीमा पौडेल समूहले जित्ने सम्भावना रहेको छ ।

सिन्धुपाल्चोकको क्षेत्र नं. १ का ६ वटा गाउँपालिका र नगरपालिकामा समूहले ‘क्लिन स्विप’ पारेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सातमध्ये ६ वटा पालिकामा आफूहरूको टिमका उम्मेदवारहरूले जित हासिल गरेको बताए । बाँकी रहेको एउटा गाउँपालिकामा मंगलबार अधिवेशन हुने उनले बताए ।

देउवा समूहले भोटेकोशी गाउँपालिका, बाह्रबिस नगरपाकिला, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र जुगल गाउँपालिकामा जित हासिल गरेको नेता बस्नेतले बताए ।

लिशंखु गाउँपालिकामा केही व्यक्तिले होहल्ला गरेका कारण अधिवेशन स्थगित भएको छ । लिशंखुमा मंगलबार अधिवेशन हुनेछ । लिशंखुमा पनि देउवा समूहले क्लिन स्विप गर्नेछ । नेता बस्नेत सभापति देउवा निकट मानिन्छन् ।

Published : Tuesday, 2021 November 23, 9:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया