कांग्रेस केन्द्रीय कार्यालयकै मुख्यसचिव पौडेल पराजित, नेविसंघका पूर्वमहामन्त्री थापा हारे

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सोमबार भएको अधिवेशनमा पौडेल काठमाडौं क्षेत्र नं ७ बाट पराजित भएका हुन् । उनी खस आर्यको पुरुषतर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका थिए ।

पौडेलले जम्मा ८३ मत पाएका थिए । पराजित भएका पौडेल सभापति शेरबहादुर देउवा निकटका मानिन्छन् ।

नेविसंघ पूर्व महामन्त्री सरोज थापा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । थापा देउवा निकटका हुन् ।

खस आर्यबाट दक्ष पौडेल, रामशरण थपलिया र नगेन्द्रध्वज कार्की विजयी भएका छन् ।

क्षेत्र नं. ७ को क्षेत्रीय सभापतिमा नेता प्रकाशमान सिंह निकट मानिने मुकुन्द रिजाल निर्वाचित भएका छन् । रिजाल काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष पनि हुन् ।

Published : Tuesday, 2021 November 23, 7:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया