देउवालाई भारतले भव्य सम्मान दिने, कम्युनिस्टहरूलाई तनाब

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतले ७३औं गणतन्त्र दिवस समारोहमा मुख्य कार्यक्रमको अतिथि बनाउने तयारी गरेको छ ।

देउवासहित बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउने तयारी गरेको इन्डियन एक्सप्रेसले जनाएको छ ।

गणतन्त्र दिवसमा आयोजना हुने मुख्य परेडको अतिथिका लागि प्रधानमन्त्री देउवासहित बिमस्टेक देशका नेताहरूसँग सम्पर्क गरिएको छ ।

सबै देशका नेताबाट कार्यक्रममा सहभागी हुने निश्चित भएपछि मात्रै भारतले अतिथिको सूची सार्वजनिक गर्नेछ ।

भारतले जनवरी २६ मा गणतन्त्र दिवस भव्यताका साथ मनाउने तयारी गरेको छ ।

नेपाल र भारतबीच कुटनीतिक सम्बन्धमा चिसोपना आएको भनेर टिप्पणी भइरहेका बेला भारतले प्रधानमन्त्री देउवालाई परेडको कार्यक्रमको अतिथि बनाउने तयारी गरेको छ ।

भारतको यो तयारीले नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री देउवा नेतृत्वको सरकारसँग सम्बन्ध सुधार भएको चर्चा भएको छ ।

प्रधानमन्त्री देउवालाई भारतले यसरी ठूलो सम्मान गर्न थालेपछि चीनसँग निकट रहेका कम्युनिस्टहरूलाई झस्किएका छन् ।

Published : Monday, 2021 November 22, 1:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया