जाजरकोटमा कांग्रेसले इतिहाँस रच्यो, राजिवविक्रम शाह पनि चयन

जाजरकोट । जाजरकोट जिल्लामा नेपाली कांग्रेसको नेतृत्व सर्वसम्मतमा चयन भएको छ ।

जिल्ला सभापतिसहित कार्यसमिति, महाधिवेशन र महासमिति सदस्यहरू सहमतिमा चयन भएका छन् ।

जाजरकोट कांग्रेसको सभापतिमा बेदराज सिंह सर्वसम्मत भएका छन् । उप–सभापतिमा रत्नबहादुर खड्का र खडक बिसी चयन भएका छन् ।

सचिव तेजविक्रम शाह र हरिचन्द्र बस्नेत, सह सचिवमा छवि पन्त र खड्का बुढा पजारु चयन भएका छन् ।

प्रदेश ‘क’ क्षेत्रीय सभापति लीलाबहादुर शाह र ‘ख’मा जनक शर्मा न्यौपाने लगायतको कार्यसमिति निर्विरोध भएको छ ।

महासमिति सदस्यमा राजिवविक्रम शाह, दीपकजङ्ग शाह, सनतकुमार कार्की, मुक्तिप्रसाद आचार्य, इलमबहादुर शाही, महेन्द्रबहादुर शाह, भूमिलाल रोकाय, मैना कार्की रावल, रामछाया शाही, गीता शाही, धर्म नेपाली चयन भएका छन् ।

Published : Monday, 2021 November 22, 10:47 am

फेसबुकबाट तपाईको प्रतिक्रिया