कांग्रेस नेता मोहन बस्नेत अस्वस्थ्य, अस्पताल भर्ना
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।
काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा नेता बस्नेतलाई आइतबार भर्ना गरिएको स्वकीय सचिव रामेश्वर आचार्यले जानकारी दिए ।
सामान्य खोकी र ज्वरो देखिएपछि बस्नेत चेकअपका लागि अस्पताल गएका थिए ।
‘कांग्रेसको अधिवेशन चलिरहेको छ । दौडधुप थियो । विभिन्न कार्यक्रमको चाप थियो’, उनले भने, ‘सामान्य खोकी र ज्वरो देखिएपछि चेकअपका लागि नर्भिक अस्पताल गएको चिकित्सकहरूले भर्ना गरिदिएका छन् ।’
नेता बस्नेतको चकअपको रिपोर्ट आज (सोमबार) आउने स्वकीय सचिव आचार्यले बताएका छन् । ‘सबै टेस्ट गरिएको छ’, उनले भने, ‘रिपोर्ट आज आउँछ ।’ नेता बस्नेतको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया