कांग्रेस नेता मोहन बस्नेत अस्वस्थ्य, अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा नेता बस्नेतलाई आइतबार भर्ना गरिएको स्वकीय सचिव रामेश्वर आचार्यले जानकारी दिए ।

सामान्य खोकी र ज्वरो देखिएपछि बस्नेत चेकअपका लागि अस्पताल गएका थिए ।

‘कांग्रेसको अधिवेशन चलिरहेको छ । दौडधुप थियो । विभिन्न कार्यक्रमको चाप थियो’, उनले भने, ‘सामान्य खोकी र ज्वरो देखिएपछि चेकअपका लागि नर्भिक अस्पताल गएको चिकित्सकहरूले भर्ना गरिदिएका छन् ।’

नेता बस्नेतको चकअपको रिपोर्ट आज (सोमबार) आउने स्वकीय सचिव आचार्यले बताएका छन् । ‘सबै टेस्ट गरिएको छ’, उनले भने, ‘रिपोर्ट आज आउँछ ।’ नेता बस्नेतको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताएका छन् ।

Published : Monday, 2021 November 22, 7:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया