कांग्रेसको आर्थिक समितिमा नाम चलेका नेता र व्यापारी, को–को मनोनीत ?

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि गठित आर्थिक समितिमा १३ जना सदस्य मनोनयन भएको छ ।

आर्थिक समितिका संयोजक एवम् प्रविधि, सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र तीन जना सल्लाहकारहरू नियुक्त गरेका हुन् ।

सदस्यहरूमा उमेश श्रेष्ठ, दीपक खड्का, जीप छिरिङ लामा, मोहन आचार्य, इन्द्रबहादुर बाँनिया, अनिल रुङगटा रहेका छन् ।

महेश जाजु, वीरेन्द्र कनोडिया, रामकृष्ण भट्टराई, दयाराम पाण्डे पनि सदस्यमा मनोनीत भएका छन् ।

समितिको सल्लाहकारहरूमा दीपकुमार उपाध्याय, दीव्यमणि राजभण्डारी, विनोद चौधरी र पाल्टेन गुरुङलाई मनोनीत गरिएको छ ।

Published : Sunday, 2021 November 21, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया