सिलवाललाई सफाइ दिने एसएसपीले दण्ड पाए, सिंहलाई हटाएर गिरीलाई काठमाडौंको कमाण्ड

काठमाडौं । नेपाली प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुखको सरुवा गरेको छ ।

काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीको सरुवा गरेको छ । गिरी यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा थिए ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहलाई भैरहवा विमानस्थल कार्यालयमा सरूवा गरिएको छ ।

एसएसपी सिंहको एक महिना अगाडि सरुवा भएको थियो । आफ्नो सरुवालाई राजनीतिक पावर लगाएर थमौती गरेका थिए । जति नै पावर लगाए पनि एसएसपी सिंहको सरुवा भएको छ ।

एमालेको निर्देशनमा काठमाडौंमा काम गरेको आरोप लागेका एसएसपी सिंहले तत्कालीन डीआईजी एवम् एमालेका सांसद नवराज सिलवाललाई कीर्ते काण्डमा सफाइ दिन प्रतिवेदन बनाएका थिए । सिंहकै कारण सिलवालले कीर्ते काण्डमा सफाइ पाएका छन् ।

यसैबीच, हेडक्वाटरले एसएसपी दीपक थापाको पनि सरुवा गरेको छ । थापालाई तालिम शाखामा सरूवा गरिएको छ ।

Published : Sunday, 2021 November 21, 9:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया