कम्युनिस्ट समर्थक लुम्बिनीका डीआईजी र ललितपुरकी एसएसपी हेडक्वाटर तानिए

काठमाडौं । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी मुकुन्दराज आचार्यको सरुवा भएको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीसँग आग्रह गरेर एमालेका नेता शंकर पोखरेलले आचार्यलाई लुम्बिनी प्रहरीको प्रमुख बनाएका थिए ।

एमाले समर्थक डीआईजी आचार्यलाई गृह मन्त्रालयले सुरुवा गरिदिएको छ ।

ललितपुर प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यको पनि सरुवा भएको छ । एसएसपी बज्राचार्यले एमालेलाई सहयोग हुने गरेर काम गरेपछि ललितपुर कांग्रेसका कार्यकर्ताहरू रिसाएका थिए ।

नेपाल प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले लुम्बिनी प्रदेशको प्रहरी प्रमुख र ललितपुर प्रहरीको प्रहरी प्रमुखको सरुवा भएको बताएका छन् ।

आचार्यलाई तानेर डीआईजी प्रकाश अधिकारीलाई लुम्बिनी प्रहरीको प्रमुखमा सरुवा गरिएको छ । अधिकारी प्रहरी प्रधान कार्यालयको प्रवन्ध निर्देशनालयमा थिए ।

प्रवन्ध निर्देशनालयको जिम्मेवारी डीआईजी बसन्त लामालाई दिइएको छ । ललितपुर प्रहरी प्रमुख बज्राचार्यलाई प्रहरी मुख्यालय नक्शालमा तानिएको छ ।

ललितपुर प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी यज्ञविनोद पोखरेलले पाएका छन् । पोखरेल प्रहरी प्रधान कार्यालय नक्शालमा थिए ।

Published : Sunday, 2021 November 21, 9:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया