काठमाडौंमा को–को बने सभापतिहरू, गगनको साथ कसलाई ?

काठमाडौं । काठमाडौंमा नेपाली कांग्रेसको क्षेत्रीय अधिवेशनहरू सम्पन्न भएका छन् ।

काठमाडौंका २० वटा प्रदेश सभा निर्वाचन क्षेत्रमध्ये ८ प्रदेश सभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको छ । काठमाडौंमा १० वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र छन् ।

शुक्रबार भएको अधिवेशनमा ८ प्रदेश सभा निर्वाचन क्षेत्रमा सर्वसम्मत नेतृत्व चयन भएको हो ।

काठमाडौंमा नेताहरू प्रकाशमान सिंह र गगन थापाले संयुक्त रुपमा अधिवेशनमा उम्मेदवारहरू उठाएका थिए । सभापति शेरबहादुर देउवा र नेता भीमसेनदास प्रधानको समूहले अर्को प्यानल बनाएर प्रतिस्पर्धा गरेको छ ।

कांग्रेस काठमाडौंका प्रमुख निर्वाचन अधिकृत नरहरि आचार्यले काठमाडौं क्षेत्र नं. ४ प्रदेश ‘ख’, काठमाडौं क्षेत्र नं. ५ प्रदेश ‘क’, काठमाडौं क्षेत्र नं. ६ प्रदेश ‘क’, काठमाडौं क्षेत्र नं. ७ प्रदेश ‘क’, काठमाडौं क्षेत्र नं. ८ प्रदेश ‘क’ र काठमाडौं क्षेत्र नं. ९ प्रदेश ‘ख’मा निर्विरोध नेतृत्व चयन भएको जानकारी दिएका छन् ।

क्षेत्र नं. १० ‘ख’मा पनि कांग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ । धर्मानन्द श्रेष्ठको प्यानल सर्वसम्मत बनेको छ ।

क्षेत्र नं. १० को प्रदेश ‘क’मा शैलेश मानन्धरको प्यानल सर्वसम्मत भएको छ । काठमाडौं क्षेत्र नं. ४ प्रदेश ‘ख’मा रामप्रसाद लुइँटेल, काठमाडौं क्षेत्र नं. ५ प्रदेश ‘क’मा रमेश डङ्गोल, काठमाडौं क्षेत्र नं. ६ प्रदेश ‘क’मा ख्यामराज तिवारी, काठमाडौं क्षेत्र नं. ७ प्रदेश ‘क’मा नवीन मानन्धर, काठमाडौं क्षेत्र नं. ८ प्रदेश ‘क’मा इन्द्रमानसिंह सुवाल र काठमाडौं क्षेत्र नं. ९ प्रदेश ‘ख’मा राजेन्द्रप्रसाद भट्टराई सभापति बनेका छन् ।

काठमाडौं निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘क’ र ‘ख’मा शनिबार निर्वाचन हुँदैछ ।

क्षेत्र नं. ९ को ‘ख’ मा राजेन्द्रप्रसाद भट्टराईको प्यानल निर्वाचित भएको छ । उप–सभापतिमा रामबहादुर सिंह ठकुरी र रमेशप्रसाद गौतम, सचिवमा माधवप्रसाद भुषाल र देवेन्द्रराज गिरी सह–सचिवमा माधवप्रसाद खतिवडा र दिलीप रिसाल निर्वाचित भएका छन् ।

काठमाडौंमा मंसिर ६ गते क्षेत्रीय अधिवेशन र १० गते जिल्ला अधिवेशन हुँदैछ । कांग्रेसले आगामी मंसिर १६ र १७ गते प्रदेश अधिवेशन तथा मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।

Published : Saturday, 2021 November 20, 12:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया