पति हारेपछि रुपन्देहीमा सांसद रमाले मच्चाइन् उत्पात, कांग्रेसको अधिवेशन बिथोल्ने प्रयास

भैरहवा । रुपन्देही जिल्लामा नेपाली कांग्रेसको अधिवेशनमा पराजित हुने भएपछि लुम्बिनी प्रदेशको प्रदेश सांसद समेत रहेकी नेतृ रमा अर्यालले लफडा गरेकी छिन् ।

प्रदेश प्रतिनिधिमा आफ्ना पति हेमराज अर्याल पराजित भएको झोँकमा आगो बनेकी प्रदेश सांसद रमाले मतगणनामा बसेका आफ्नो समूहका प्रतिनिधिलाई तानेर लगेकी हुन् ।

मदिरा सेवन गरेका २/३ जना कांग्रेसका नेताहरूबीच मतगणनास्थलभन्दा बाहिर सडकमा झडप भएको थियो । मदिरा सेवन गरेर सडकमा झगडा गर्दा कांग्रेस साधारण कार्यकर्ता शैलेस पन्त सामान्य घाइते भएका थिए ।

त्यही झडपको बहाना बनाएर रमाले आफ्नो पावर देखाएर प्रतिनिधिलाई तानेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

रुपन्देहीको क्षेत्र नं. ३ ‘क’ को मतगणनामा रामचन्द्र पौडेल समूहले लफडा झिकेको प्रत्यक्षदर्शीको भनाइ छ ।

‘क’मा सभापति शेरबहादुर देउवा समूहबबाट १६ जना प्रदेश प्रतिनिधिमध्ये १५ जनाले जितेका छन् । पौडेल समूहबाट एक जनाले जितेका थिए ।

प्रदेश ३ ‘क’मा देउवा समूहबाट सुरेन्द्रजङ्ग थापा र रामचन्द्र पौडेल समूहबाट पुरणप्रसाद श्रेष्ठले सभापतिमा प्रतिस्पर्धा गरेका थिए ।

प्रदेश ‘क’को १ सय मतगणना हुँदा देउवा समूहबाट सभापतिका उम्मेदवार थापा १ सय मत गणना हुँदा १९ भोटले अगाडि थिए । पराजित हुने भएपछि पौडेल समूहले लफडा झिकेको आरोप छ ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं. ३ को प्रदेश ‘ख’मा देउवा समूहले क्लिन स्वीप गरेको छ । पौडेल समूहको पत्तासाफ भएको छ ।

Published : Saturday, 2021 November 20, 11:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया