यी हरुवाहरूलाई कांग्रेसको सभापति चाहियो

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूबीच अस्वस्थ्य आरोप प्रत्यारोप शुरू भएको छ । शीर्ष मानिएकै नेताहरू तल्लो तहमा उत्रिएर एकअर्काविरुद्ध आक्षेपहरू लगाउन थालेपछि कार्यकर्तामा चिन्तापलाएको छ ।

महामन्त्री शशांक कोइरालाले नेता प्रकाशमान सिंहप्रति दिएको अभिव्यक्तिले तरंग ल्याएको छ । महामन्त्री कोइरालाले सिंहलाई काठमाडौं उपत्यकामा मात्रै कार्यकर्ताले चिनेका र उनीहरूले मात्रै भोट दिएर जित्न नसक्ने भनेका थिए ।

महामन्त्री कोइरालाले सभापति शेरबादुर देउवाविरुद्ध पनि अभिव्यक्ति दिइरहेका छन् । उनले देउवालाई पार्टी र सरकार चलाउन नसकेको भनेर अभिव्यक्ति दिइसकेका छन् ।

रामचन्द्र पौडेललाई पनि महामन्त्री कोइरालाले पार्टी चलाउन नसक्ने भन्दै आलोचना गरिसकेका छन् । १३औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका कोइरालाले कांग्रेसका लागि स्मरणयोग्य कुनै पनि काम वा निर्णय गराएका छैनन् । महामन्त्री बनेपछि उनले संगठन निर्माणमा जसरी काम गर्नुपर्ने थियो गरेनन् ।

कुनै पनि केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्रीको तर्फबाट कोइरालाले राजनीतिक प्रतिवेदन र योजनाहरू राखेनन् । उनले कहिल्यै पनि बैठकमा बोल्ने वा आफ्नो विचार राख्ने काम गरेनन् । वीपी कोइरालाको कान्छो छोराको हैसियतभन्दा उनमा कुनै पनि गुण देखिएन ।

महामन्त्री भएका बेला एउटा सिन्को पनि भाँच्न नसकेका महामन्त्री कोइरालाले पार्टी सभापतिमा दाबी गरेका छन् । उनले पार्टी सभापति जिते भने कांग्रेसको हबिगती कस्तो होला भनेर कार्यकर्तामा चिन्ता र चासो छ ।

उनका दाई शेखर कोइरालाले पनि उत्पात मच्चाइरहेका छन् । शेखरले सभापति देउवाविरुद्ध गालीगलौज र तल्लोस्तरका अभिव्यक्ति दिएर आफूलाई चर्चामा ल्याएका छन् । कोइराला परिवारले कांग्रेसको परिवारको सम्पत्ति सम्झिने गरेका छन् ।

बरु सभापति देउवाले कुनै पनि नेतालाई गाली गरेका छैनन् । आलोचना गरेका छैनन् । देउवाले राजनीतिक संस्कार देखाउँदै आएका छन् । देउवाको राजनीतिक संस्कारलाई कोइराला परिवारले कमजोरीका रुपमा लिएको छ ।

नेता सिंहले पनि देउवाको आलोचना गरिरहेका छन् । सिंहले पनि कांग्रेसका लागि के गरेका थिए र छन् भने हिसाब किताबको खोजी भएको छ । गणेशमान सिंहको छोरा भएकै कारण नेता सिंहले लाभ लिँदै आएका छन् ।

अर्का नेता विमलेन्द्र निधिको अवस्था कोइराला र सिंहको भन्दा फरक छैन । सभापति देउवाको काखमा बसेर सबैभन्दा धेरै अवसर लिएका निधिले आफ्नै गुट खडा गरेका छन् । निधिले पनि आफ्ना बुबा महेन्द्रनारायण निधिको ब्याज खाइरहेका छन् । उप–सभापति रहेका निधिले अहिलेसम्म कांग्रेसको संगठनमा स्मरण गर्न लायकको काम गरेका छैनन् ।

बरु निधिले गृहमन्त्री बनेका बेला आईजीपी काण्ड गरेर कांग्रेसलाई प्रतिनिधि, प्रदेश सभा निर्वाचनमा हराउन ठूलो भूमिका खेलाका छन् । निधिकै कारण कांग्रेसले निर्वाचनमा ठूलो हार ब्यहोर्नु परेको थियो ।

अझ रोकच प्रशङ्ग त के छ भने प्रतिनिधि सभामा पाराजित भएका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, शेखर कोइरालालाई पार्टी सभापति चाहिएको छ । कम्युनिस्ट र राप्रपासँग हारेका हरुवालाई कांग्रेस जस्तो ठूलो र लोकतान्त्रिक पार्टी चाहिएको छ । यी हरुवाले कांग्रेसलाई कसरी जिताउलान् ? गज्जब कुरा छ ।

Published : Friday, 2021 November 19, 11:42 am

फेसबुकबाट तपाईको प्रतिक्रिया