शशांकले अपमान गरेका बेला प्रकाशमानलाई भेट्न घरमै पुगे पौडेल

काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय रामचन्द्र पौडेल र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।

पौडेलको भेलालाई बहिस्कार गरेर सभापतिमा तिब्र रुपमा प्रचार प्रसार गरिरहेका नेता सिंहलाई फकाउन पौडेल सिंहकै निवास ठमेलको चाक्सीबारी पुगेका हुन् ।

नेता सिंहलाई भेटेर पौडेलले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

नेता सिंहले पौडेललाई सभापतिमा सहयोग गर्न नसकिने भन्दै आफूलाई नै सहयोग गर्न पौडेलसँग आग्रह गरेका छन् ।

पौडेल र सिंह दुबै जना सभापतिका दाबेदार हुन् । सिंहले सभापतिबाट आफू ब्याक नहुने जनाइसकेका छन् । सिंहले पौडेल समूहबाट आफूलाई अलग बनाएका बेला उनीहरूका बीच भेट भएको छ ।

महामन्त्री शशांक कोइरालाले नेता सिंहको हालै अपमान गरेका थिए । कोइरालाले अपमान गरेपछि सिंहले पनि सोही तरिकाले जवाफ दिएका छन् ।

महामन्त्री कोइरालाले नेता सिंहलाई काठमाडौंका कार्यकर्ताले मात्रै चिनेको र उनीहरूले मात्रै भोट दिएर नजित्ने भने भनेर होच्याएका थिए । कोइरालाले सिंहलाई काठमाडौं बाहिरका कार्यकर्ताले नचिनेको भनेर टिप्पणी गरेका थिए ।

Published : Thursday, 2021 November 18, 9:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया