शशांकले अपमान गरेका बेला प्रकाशमानलाई भेट्न घरमै पुगे पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेताद्वय रामचन्द्र पौडेल र प्रकाशमान सिंहबीच भेटवार्ता भएको छ ।
पौडेलको भेलालाई बहिस्कार गरेर सभापतिमा तिब्र रुपमा प्रचार प्रसार गरिरहेका नेता सिंहलाई फकाउन पौडेल सिंहकै निवास ठमेलको चाक्सीबारी पुगेका हुन् ।
नेता सिंहलाई भेटेर पौडेलले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।
नेता सिंहले पौडेललाई सभापतिमा सहयोग गर्न नसकिने भन्दै आफूलाई नै सहयोग गर्न पौडेलसँग आग्रह गरेका छन् ।
पौडेल र सिंह दुबै जना सभापतिका दाबेदार हुन् । सिंहले सभापतिबाट आफू ब्याक नहुने जनाइसकेका छन् । सिंहले पौडेल समूहबाट आफूलाई अलग बनाएका बेला उनीहरूका बीच भेट भएको छ ।
महामन्त्री शशांक कोइरालाले नेता सिंहको हालै अपमान गरेका थिए । कोइरालाले अपमान गरेपछि सिंहले पनि सोही तरिकाले जवाफ दिएका छन् ।
महामन्त्री कोइरालाले नेता सिंहलाई काठमाडौंका कार्यकर्ताले मात्रै चिनेको र उनीहरूले मात्रै भोट दिएर नजित्ने भने भनेर होच्याएका थिए । कोइरालाले सिंहलाई काठमाडौं बाहिरका कार्यकर्ताले नचिनेको भनेर टिप्पणी गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया