प्रकाशमानले शशांकलाई औकात सम्झाइदिए, अचानक उम्लिन थाले कोइरालाहरू

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले आफ्नो हैसियत भुलेर जथाभावी बोलेपछि नेता प्रकाशमान सिंहले औकात सम्झाइदिएका छन् ।

बुधबार विराटनगरमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले कोइरालालाई आफ्नो विषयमा कार्यकर्ताहरूसँग अध्ययन गर्न आग्रह गरेका छन् ।

आफूलाई काठमाडौंबाहिर चिन्दैनन् भन्ने महामन्त्री कोइरालालाई नेता सिंहले आफ्नो रेकर्ड हेर्न चुनौती दिएका हुन् । नेता सिंहले आफ्नाबारेमा दुस्प्रचार भएको बताएका छन् ।

पहिले काठमाडौंमै चिन्दैन भन्ने गरेको र अहिले काठमाडौं बाहिर चिन्दैन भन्ने गरेको भन्दै उनले भने, ‘प्रकाशमानको रेकर्ड हेरोस् ।’

उनले आफूले गिरिजाप्रसाद कोइरालाको उप–सभापति र सुशील कोइरालाको महामन्त्री भएर काम गरेको बताएका छन् ।

कांग्रेसको १२औं महाधिवेशनमा पार्टी सभापतिले भन्दा आफूले बढी भोट ल्याएको भन्दै नेता सिंहले महामन्त्री कोइरालालाई प्रश्न गर्दै भनेका छन्, ‘काठमाडौंको भोटले मात्र जितेको हुँ ?’

महामन्त्री कोइरालातर्फ संकेत गर्दै सिंहले उनले भने, ‘म फलानो भएकाले मैले मात्र हराउन सक्छु भन्ने, कसरी भन्दा थाहा छैन भन्ने होइन ।’

हरेक नेताको परीक्षा संकटको बेला हुने भन्दै सिंहले नेता कार्यकर्तालाई रेकर्ड हेर्न आग्रह गरेका छन् ।

कोइराला परिवारका नेताहरूले पछिल्लो समय कांग्रेसलाई आफ्नो परिवारको व्यक्तिगत सम्पत्ति झैँ गरेर नेताहरूको मानमर्दन हुने गरेर अभिव्यक्ति दिन थालेका छन् ।

सभापति शेरबहादुर देउवादेखि नेता प्रकाशमान सिंहसम्मलाई कोइराला परिवारका नेताहरूले जथाभावी टिप्पणी गरेर आफ्नो औकात र हैसियत देखाएका छन् ।

शेखर कोइरालाले पनि नेताहरूलाई तल्लोस्तरको अभिव्यक्ति दिने गरेका छन् ।

Published : Thursday, 2021 November 18, 8:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया