कम्युनिस्टसँग हारेका शेखरले क–कसलाई पंगु बनाए ?

काठमाडौं । आफ्नो पक्षमा प्रचार–प्रसार गर्न माहिर मानिएका नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महामन्त्री शशांक कोइरालाले आफूलाई सभापतिमा सहयोग गरेको भनेर समाचार लिक गराएर केही पत्रकारहरूलाई पंगु बनाएका छन् ।

काठमाडौंको बसुन्धरास्थित आफ्नै निवासमा शेखरले शशांकलाई मंगलबार बोलाएर कुरा गरेका थिए । कुरामा सभापतिका विषयमा कुरा भएको शशांकले बताएका छन् । सुजाता कोइरालालाई शेखरले बोलाए पनि उनी आइनन् ।

शेखरले आफूलाई सभापतिमा शशांकले समर्थन गरेको जस्तै गरेर समाचार लेखाएका छन् । शेखर कोइराला निकट मानिने केही पत्रकार र अनलाइनहरूले शेखरको पक्षमा सभापतिमा शशांकले छाडे जस्तै गरेर सूचना दिएपछि खैलाबैला भएको छ । शशांकले सभापतिमा शेखरलाई समर्थन गरेका छैनन् ।

प्रतिनिधि सभाको निर्वाचनमा एमालेका लालबाबु पण्डितसँग ६७५ मतअन्तरले पराजित भएका शेखरले सभापतिमा दाबी गरिरहेका छन् ।

प्रतिनिधि सभा निर्वाचन जित्न नसक्ने शेखरले कांग्रेसलाई कसरी नेतृत्व गर्लान् र ? प्रश्न उठेको छ । एमालेसँग हरुवा नेताले कांग्रेस चलाउन सक्छु भनेर गफ दिएको भन्दै आलोचना भएको छ ।

बरु शशांकले सभापतिमा दाबी गर्नुलाई स्वभाविक मानिएको छ । शशांक अहिलेसम्म पराजित भएका छैनन् । वीपी कोइरालाका छोरा भएका कारण पनि शशांकमा राजनीतिक संस्कार शेखरमा भन्दा अलिक धेरै छ ।

Published : Thursday, 2021 November 18, 11:36 am

फेसबुकबाट तपाईको प्रतिक्रिया