एसपीहरूको सरुवा तयारी, जुवाकाण्डमा परेका ढकालको पावरनै ठूलो

काठमाडौं । नेपाल प्रहरीका इञ्चार्जमा समयावधि पूरा भएका एसपीहरूको सरुवाको तयारी भएको छ ।

सप्तरी, मकवानपुर, सिन्धुपाल्चोक, नुवकोट, धादिङ, स्याङजा, पाल्पा, सप्तरी, सम्पत्ति शुद्धीकरण विभाग लगायतमा एसपीहरूको तयारी भएको छ । सर्लाहीमा कृष्ण प्रसाइँ, रौतहटमा विनोद घिमिरे यसअघि नै प्रहरी प्रमुखको जिम्मेवारी पाइसकेका छन् ।

जिल्ला र विभागमा इञ्चार्ज जान कुरेर बसेका एसपीहरूमा प्रेम बस्नेत, दिलिप घिमिरे, प्रजित केसी, वीरेन्द्रबहादुर शाही, प्रभु ढकाल, वीरबहादुर वालीलगायतका छन् ।

एसपी प्रभु ढकालले सम्पत्ति शुद्धीकरण विभाग तोकेका छन् । गण्डकी प्रदेशमा ट्राफिक प्रहरीको प्रमुख रहेका ढकालले गण्डकीका ११ वटा जिल्ला हेर्दै आएका छन् । सम्पत्ति शुद्धीकरण विभाग आकर्षक मानिन्छन् ।

चितवमा डिएसपी रहेका बेला ढकालले बबण्डर मच्चाएका थिए । जुवाकाण्डमा २४ घण्टाभित्र तानिएको थियो । त्यस बेला चितवनको एसपी सुशीलसिंह राठौर थिए । ढकालको जन्मकुण्डली राठौरलाई राम्रोसँग जानकारी छ ।

गण्डकी प्रदेशको ट्राफिक रहेका बेला पनि एसपी ढकाल विभिन्न विवादमा पर्दै आएका छन् । पावर चलेपछि एसपी ढकाललाई कसले छुने ? गण्डकीपछि सिधै विभागको इञ्चार्ज पाउने भएका छन् ।

गणमा बसेका एसपीहरूलाई पनि जिल्लाको इञ्चार्ज बन्ने अवसर आउन सक्छ । गणलाई इञ्चार्ज मान्ने प्रावधान प्रहरीको नियमावलीमा छैन । तर, आईजीपी शैलेश थापा क्षेत्रीले गणलाई पनि इञ्चार्ज मानेकाले गणका एसपीहरूले यस पटक जिल्ला पाउने सम्भावना निकै कम छ ।

Published : Thursday, 2021 November 18, 10:57 am

फेसबुकबाट तपाईको प्रतिक्रिया