हर्कत देखाउँदा मन्त्री यादवले कांग्रेस कार्यकर्ताको दनक भेटे

धनुषा । प्रदेश २ का भौतिकपूर्वाधार तथा यातायातमन्त्री रामसरोज यादवले आफ्नै कार्यकर्ताबाट कुटाइ भेटेका छन् ।

धुनुषा जिल्लाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा नेपाली कांग्रेसको वडा अधिवेशनमा मन्त्री यादवलाई आफ्नै कार्यकर्ताले रामधुलाइ गरेका हुन् । वडा अधिवेशनमा हस्तक्षेप गरेपछि कांग्रेसका कार्यकर्ताले मन्त्री यादवलाई रामधुलाइ गरेका हुन् ।

मन्त्री यादवले पावर लगाएर वडा नं. ५ र ६ मा प्रहरीको सहयोगमा एकलौटी माइन्युट गरेर कब्जा गर्न खोजेपछि कार्यकर्ताको कुटाइ भेटेका हुन् । यादवले मन्त्रीको पावर देखाउन खोज्दा लखेटिएका छन् ।

सो स्थानमा मन्त्री यादवविरुद्ध नाराबाजी र उप–सभापति विमलेन्द्र निधिको समर्थनमा नाराबाजी भएको थियो ।

Published : Wednesday, 2021 November 17, 10:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया