यादवको मन्त्रीको कुर्सी फुत्कियो, राउतले गलहत्याएर फाले

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय यादवलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री राउतले मंगलबार मन्त्री यादवलाई हटाएका हुन् । प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले यादवलाई मन्त्री पदबाट हटाएको जानकारी दिएका छन् ।

मन्त्रीबाट हटेका यादवले आफूलाई हटाएर मुख्यमन्त्री राउतले अन्याय गरेको बताएका छन् । उनले मुख्यमन्त्री राउत भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाएका छन् ।

मन्त्री यादव पनि भ्रष्टाचारमा लागेको भनेर आलोचना हुँदै आएको थियो । सोही कारण पनि यादवलाई मन्त्रीबाट हटाएको चर्चा जसपामा छ ।

२०७४ सालको प्रदेशसभा निर्वाचनमा यादव तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएका थिए ।

राजपा र संघीय समाजवादी पार्टीबीच एकीकरण भएर जनता समाजवादी पार्टी बनेको थियो ।

जसपामा महन्थ ठाकुर समूहसँगको विवादपछि मुख्यमन्त्री राउतले तत्कालीन राजपाबाट मन्त्री बनेका अरु मन्त्री बर्खास्त गरे पनि यादवलाई चलाएका थिएनन् ।

यादवले पार्टी विभाजन हुँदा उपेन्द्र यादवलाई समर्थन गरेका कारण मन्त्री पद बचेको थियो । अहिले आएर यादवको मन्त्री पद फुत्किएको छ ।

Published : Wednesday, 2021 November 17, 11:24 am

फेसबुकबाट तपाईको प्रतिक्रिया