यी ८ एसपीले पाए न्याय, कांग्रेस सरकारद्वारा सबैको बढुवा
काठमाडौं । नेपाल प्रहरीका ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको छ ।
कात्तिक २९ गते बसेको बढुवा सिफारिस समितिको बैठकले ८ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवाको पहिलो नम्बरमा विकाशराज खनाल परेका छन् । खनाल सिनियर हुँदाहुँदै अघिल्लो पटक एपीबाट एसएसपीमा बढुवा गर्न छुटाइएको थियो । खनालले बल्ल न्याय पाएका छन् । खनालले सबैभन्दा धेरै अंक पाएका छन् ।
दोस्रो नम्बरमा सुदीप राजभण्डारी बढुवा सिफारिसमा परेका छन् । तेस्रो नम्बरमा अनुरागकुमार द्विवेदीको सिफारिस भएको छ ।
राजेन्द्रसिंह खड्का, योगबहादुर पाल, टीकाबहादुर केसी, ध्रुबराज राउत र भोलाबहादुर रावल पनि बढुवा सिफारिसमा परेका छन् ।
तत्कालीन खड्गप्रसाद ओलीको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले यी ८ जना एसपीहरूलाई कांग्रेस समर्थक भनेर अन्याय गरेको थियो ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया