कोमल ओली र गंगा चौधरी महाधिवेशन प्रतिनिधि चयन

घोराही । एमालेकी नेतृ एवम् राष्ट्रिय सभाकी सांसद कोमल ओली महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् ।

नेतृ ओली एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि चयन भएकी हुन् । उनी महिला कोटाबाट प्रतिनिधि चयन भएको एमाले दाङले जनाएको छ ।

एमालेको प्रतिनिधि सभाकी समानुपातिक सांसद गंगा चौधरी पनि महाधिवेशन प्रतिनिधि चयन भएकी छिन् । उनी पनि महिला कोटाबाट प्रतिनिधिमा चयन भएकी हुन् ।

खुलातर्फ रेवतीरमण शर्मा, राममणि पाण्डे, कुलबहादुर केसी, सहजराम यादव, टीकाराम खड्का, लक्ष्मण आचार्य, टोपेन्द्रबहादुर केसी महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् ।

भेषराज खत्री, हुकुमबहादुर बस्नेत, घनश्याम पाण्डे, रामजी चौधरी, भुवनेश्वर पौडेल, मनोहर बुढाथोकी, कृष्णप्रसाद भुसाल र बलिभद्र राना पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

महिलातर्फ सरस्वती गौतम, गंगा चौधरी, तुलसा केसी, हुमा डिसी, कोमल वली, माया आचार्य र धमकली चौधरी महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

दलिततर्फ जितेन्द्रमान नेपाली, मानबहादुर विक र निर्मला विक महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

Published : Saturday, 2021 November 13, 8:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया