मान्छे मारेर छुटेका चर्चित व्यक्तिलाई ओलीले बनाए प्रतिनिधि

काठमाडौं । मान्छे मारेको अभियोगमा सर्वस्वसहित जन्मकैदमा जेल बसेर माफी पाएर छुटेका बालकृष्ण ढुंगेल एमालेको १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन भएका छन् ।

राष्ट्रिपति विद्यादेवी भण्डारीले ढुंगेललाई आममाफी दिएर छुटाएकी थिइन् । एमालेका अध्यक्ष खड्गप्रसाद ओली प्रमुख रहेको पार्टी स्कूल विभागबाट ढुंगेल महाधिवेशनका लागि प्रतिनिधि चयन भएका हुन् ।

ढुंगेल ओखलढुंगा जिल्लाबाट २०६४ सालमा माओवादीबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । माओवादी पार्टी छाडेर उनी एमालेमा प्रवेश गरेका छन् ।

ढुंगेल हाल एमालेको प्रदेश १ को प्रदेश कमिटी सदस्य छन् ।

ढुंगेलसँगै स्कूल विभागबाट दयालवहादुर शाही, घनश्याम कोइराला, हिमबहादुर क्षेत्री, तेजकुमारी खड्का लगायत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

Published : Saturday, 2021 November 13, 7:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया