एमाले–माओवादी–राप्रपामाथि इन्द्र बानियाँको ‘धमाका’, कमल थापाहरूको रुवाबासी
हेटौंडा । मकवानपुर जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रभावशाली नेता रामकृष्ण तिवारी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
बुधबार हेटौँडामा आयोजित कार्यक्रममा पार्टी पार्टी सभापति एवम् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले तिवारीसहित एमाले र माओवादी केन्द्रका नेताहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
नेता बानियाँले कांग्रेसमा सबैलाई स्थान रहेको भन्दै इमान्दारिताका साथ संगठन निर्माणमा लाग्न आग्रह गरेका छन् ।
श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय उपाध्यक्षसमेत रहेका तिवारी स्थानीय निर्वाचनमा राप्रपाबाट हेटौंडा उप–महानगरपालिका–१६ मा वडाध्यक्षका उम्मेदवार थिए ।
हेटौंडा उप–महानगरपालिका–११ निवासी एमालेका पुराना नेता कृष्णप्रसाद सापकोटा, हरिप्रसाद सापकोटा, नेत्रप्रसाद ढकाल पनि पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेमा माओवादी केन्द्रका हेटौंडा–७ का नेता लीला गौतम पनि रहेको नेता बानियाँका स्वकीय सचिव मिलन पुडासैनीले जानकारी दिएका छन् ।
नवप्रवेशीहरूलाई संसदीय दलका नेता बानियाँ र भौतिक पूर्वाधार विकासमन्त्री कृष्णलाल भँडेलले स्वागत गरेका थिए ।
नेता बानियाँले राप्रपा र कम्युनिष्टहरूको गलत गतिविधिका कारण नेता कार्यकर्तामा वितृष्णा पैदा भएको बताए ।
राप्रपा र कम्युनिस्टहरूको गलत नीतिका कारण कांग्रेसमा प्रवेश गर्ने क्रम बढेको उनले बताएका छन् ।
कांग्रेसमा प्रवेश गरेका सबैलाई उपयुक्त अवसर प्रदान गर्ने नेता बानियाँले बताएका छन् ।
बानियाँले कांग्रेस जनताको समस्या समाधानमा सधैं अग्रसर रहेको बताएका छन् ।
राप्रपाका लोकप्रिय नेता कांग्रेसमा प्रवेश गरेपछि राप्रपाका अध्यक्ष कमल थापा तनाबमा परेका छन् । हेटौँडा अध्यक्ष थापाको गृहनगर पर्छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया