सिंहका कारण बालुवाटारमा खुसीयाली, बोहराटार र खुमलटारमा खैलाबैला
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनले बनाएको राजनीतिक संयन्त्र आवश्यक नरहेको टिप्पणी गरेका छन् ।
नेता सिंहको कठोर टिप्पणीले सत्ता गठबन्धनभित्र खैलाबैला भएको छ । दुई महिनाका लागि कांग्रेसबाट संयन्त्रको संयोजक बनेका नेता रामचन्द्र पौडेललाई तनाब भएको छ ।
गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले सरकारलाई नियन्त्रण गर्ने खालका यस्ता संयन्त्र बनाउन जरूरी नै नरहेको बताएका हुन् । उनले संविधानअनुसार पनि यस्तो संयन्त्र आवश्यक नरहेको बताएका छन् ।
‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ’, उनले भने, ‘यो संविधान र प्रजातान्त्रिक विधिविपरीत पनि हुन्छ ।’
उनले गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने बताएका छन् ।
‘काम त सरकारले गर्नुपर्ने हो । तर समन्वय समिति बनाइएको छ’, कांग्रेसका नेता सिंहले भने, ‘अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन ।’
नेता सिंहले उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको बताएका छन् ।
‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ’, उनले भने, ‘प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन ।’
सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने नेता सिंहले बताएका छन् ।
‘न्यायलयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन’, उनले भने, ‘सरकार यस विषयमा मुकदर्शक भएर बस्न मिल्दैन । गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न ।’
कांग्रेस नेता सिंहले अर्लीइलेक्सनको विरोध गरेका छन् । अब हुने चुनावमा कांग्रेसले कसैसँग तालमेल नगर्ने उनले बताएका छन् । नेता सिंहले भने, ‘आफ्नै बलबुताले कांग्रेस चुनाव लड्छ ।’
नेता सिंहले राजनीतिक संयन्त्रको विरोध गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवालाई राहत मिलेको छ । नेता पौडेललाई तनाब भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दवावमा राजनीतिक संयन्त्र बनेको हो । प्रचण्डले सरकारलाई दवावमा राख्न यो समिति बनाए पनि कांग्रेसभित्र विरोध भइरहेको छ ।







बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया