हिरासतभित्रै थुनुवाले ज्यान दिएपछि गृहमन्त्री चिन्तित, यस्तो आयो प्रतिवेदन
काठमाडौं । गृह मन्त्रालयले तीन स्थानका हिरासत कक्ष तथा कारागारमा भएको आत्महत्यासम्बन्धी छानबिन गर्न बनाएको समितिले प्रतिवेदन बुझाएको छ ।
मंगलबार समितिले गृहमन्त्री बालकृष्ण खाणलाई प्रतिवेदन बुझाएको हो । समितिका संयोजक एवम् सह–सचिव थानेश्वर गौतमले प्रतिवेदन बुझाएका हुन् ।
समितिमा नेपाल प्रहरीका एसपी प्रवीण पोखरेल, राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक विकास पाण्डे र कारागार व्यवस्थापन विभागका शाखा अधिकृत गणेश गौतम सदस्य रहेका थिए ।
छानबिनबाट भेटिएका प्रमाणले तीन स्थानमा आत्महत्या भएको पुष्टि गरेको दाबी प्रतिवेदनमा गरिएको छ ।
गृहमन्त्री खाणले मन्त्रिस्तरीय निणयबाट कात्तिक १ गते जिल्ला प्रहरी कार्यालय सुनसरीको पुरुष हिरासत कक्षमा असोज २४ गते अभद्र व्यवहार मुद्दामा पक्राउ परेका जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–५ का २९ वर्षीय मोहम्मख हकिमले झुण्डिएको अवस्थामा शव भेटिएपछि छानविन समिति बनाएका थिए ।
इलाका प्रशासन कार्यालय टीकापुर कैलालीको हिरासत कक्षमा भैसी चोरी गरेको आरोपमा पक्राउ गरिएका सुर्खेतको चौकुने गाउँपालिका–३ बस्ने ३५ वर्षीय धनबहादुर रानाले असोज २५ गते झुण्डिएर गरेको आत्महत्या र कारागार कार्यालय पर्वतमा जबरजस्ती करणी कसुरमा थुनामा रहेका बन्दी जिल्लाको फलेबास नगरपालिका–७ का ५८ वर्षीय दुर्गाराज पाण्डेले झण्डिएर गरेको आत्महत्याबारे अध्ययन गर्न मन्त्रालयका सह–सचिव गौतमको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो ।
प्रतिवेदन बुझाउँदै समिति संयोजक गौतमले छानबिनका क्रममा भेटिएका प्रमाणले तीन स्थानमै आत्महत्या भएको पुष्टि भएको बताए ।
समितिले कारागार र हिरासत कक्षमा हुने आत्महत्या कम गर्न कैदी बन्दीलाई मनोसामाजिक परामर्श दिनुपर्ने, थुनुवालाई निःशुल्क कानूनी परामर्श दिनुपर्ने, हिरासत कक्षमा सुरक्षा निगरानी गर्नुपर्ने, हिरासत कक्षमा राखिएका सीसीटिभीलाई रेकर्डिङ र मोनिटरिङ गर्ने व्यवस्था गर्नु पर्नेलगायतका सुझाव दिएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया