अग्नि सापकोटा सिन्धुपाल्चोकैमा रहेका बेला सयौँ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश

बाह्रबिसे । सिन्धुपाल्चोक जिल्लामा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सोमबार त्रिपुरासुन्दरी गाउँपालिका–३ सुनकोशी बजारमा आयोजित वडास्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा एक सयभन्दा धेरै एमालेका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले पार्टीमा स्वागत गरेका हुन् ।

त्रिपुरासुन्दरी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका एक सयभन्दा धेरै नेता कार्यकर्ताले एमाले–माओवादी केन्द्रलाई छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

त्रिपुरासुन्दरी गाउँपालिका वडा– ३ धुस्कुन र बाह्रबिसे नगरपालिका–८ मानेश्वाराबाट एमाले र माओवादीका धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सभापति बालकृष्ण बस्नेत, महासमिति सदस्य लीला नेपाल र युवा नेता भक्तध्वज बोहोरालगायतको सहभागिता थियो ।

माओवादी केन्द्रका नेता एवम् सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी भन्सार नाकाको निरीक्षण गरेकै बेला उनकै निर्वाचन क्षेत्रका सयौँ नेता कार्यकर्ताले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

सापकोटाले सिन्धुपाल्चोकमा काम गर्न नसकेको भनेर गुनासाहरू आइरहेका छन् । सापकोटाले विकास गर्न नसकेपछि आफैले भोट दिएर जिताएर पठाएको पार्टी र सांसदलाई लात हानेर नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् ।

यसअघि पनि एमाले र माओवादीका हजारौँ नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरिसकेका छन् ।

Published : Tuesday, 2021 November 9, 11:50 am

फेसबुकबाट तपाईको प्रतिक्रिया