यी हुन् कांग्रेसका दानवीर नेता, तिहारमा गरिवको घरमा खुसी ल्याइदिए

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर कांग्रेसका सभापति इन्द्रबहादुर बानियाँले ४ सय घर परिवारलाई तिहारका बेला खाद्यान्न वितरण गरेका छन् ।

नेता बानियाँले अति विपन्न जनतालाई तिहारमा पेटभरी खान मिलोस भनेर खाद्यान्न वितरण गरेका हुन् । तिहार घर–घरमा प्रवेश गरिसकेका बेला मकवानपुर जिल्लाको गढी गाउँपालिका– ८ का जनतालाई तनावले सताएको थियो ।

नेता बानियाँले बुधबार ४ घर परिवारलाई खाद्यान्न बितरण गरेको उनका निजी सचिव मिलन पुडासैनीले जानकारी दिएका छन् ।

नेता बानियाँले १ बोरा चामल र १ प्याकेट नुन उपलब्ध गराएका छन् । उनले बेलाबेला अति विपन्न जनतालाई खाद्यान्न सहयोग गर्दै आएका छन् ।

Published : Wednesday, 2021 November 3, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया