महेशको गाउँमै घुसेर गगनले एमालेका कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराए

भक्तपुर । भक्तपुर जिल्लामा एमालेका ५० भन्दा धेरै नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधबार भक्तपुरको गुण्डुमा आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा युवा नेता गगन थापाले एमालेका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् । एमालेको हबिगतीबाट आजित बनेका नेता कार्यकर्तालाई थापाले कांग्रेसमा स्वागत गरेका हुन् ।

नवप्रवेशीहरूलाई भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, बागमती प्रदेशका भौतिकमन्त्री कृष्णलाल भँडेल, नेपाल तरुण दलका अध्यक्ष राजु थापा, सूर्यविनायक नगरका नगर सभापति निशान ढुंगेललगायतका नेताहरूले पनि स्वागत गरेका थिए ।

सूर्यविनायक नगरपालिकाको वडा नं. ७ मा आयोजित कार्यक्रममा कांग्रेसका स्थानीय नेताहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

एमालेका नेता महेश बस्नेतको यो वडामा एमालेका नेता कार्यकर्ता कम्युनिस्टसँग आजित बनेर नेपाली कांग्रेसमा प्रवेश गर्दै आएका छन् । केही दिन अगाडि पनि तरुण दलले एमालेका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएको थियो ।

एमालेका नेता महेश बस्नेतले भक्तपुर जिल्लामा गफ लगाएर झुठको राजनीति गर्दै आएको तरुण दलको आरोप छ । अब आउने चुवनमा महेश बस्नेतलाई धुलो चटाउने तयारी तरुण दलको रहेको छ ।

Published : Wednesday, 2021 November 3, 9:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया