मकवानपुरमा एकैदिन १५ सय कार्यकर्ता कांग्रेसमा प्रवेश, कम्युनिस्ट र मण्डलेको गढ भत्काउँदै बानियाँ

हेटौँडा । मकवानपुर जिल्लामा एमाले, माओवादी र राप्रपासहितका विभिन्न राजनीतिक परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

मकवानपुर कांग्रेसका सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दैनिक सरह विभिन्न दलका नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराउँदै आएका हुन् ।

पछिल्लो एक महिनामा १५ हजारभन्दा धेरै नेता कार्यकर्तालाई मकवानपुर कांग्रेसमा प्रवेश गराएको सभापति बानियाँको सचिवालयले जनाएको छ ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डीना’सहितका नेताहरूको पनि उत्तिकै सक्रियता रहेको छ ।

नेतृ उपाध्यायसहितका नेताहरूको पहलमा एमाले, माओवादी, राप्रसासहितका दलका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको सभापति बानियाँका निजी सहयोगी मिलन पुडासैनीले जानकारी दिएका छन् ।

यसैबीच, नेपाली कांग्रेस कैलाश गाउँपालिकाद्वारा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा एमालेसहित विभिन्न दलका ४२१ जना कांग्रेसमा प्रवेश गरेका छन् ।

कालिकाटारमा आयोजित कार्यक्रममा विभिन्न दल परित्याग गरेका नेता कार्यकर्तालाई कांग्रेस केन्द्रीय सदस्य उपाध्याय, सभापति बानियाँलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।

त्यसैगरी, नेपाली कांग्रेस भीमफेदी गाउँपालिका र मकवानपुरगढी–८ ले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका ८ सय जना कांग्रेसमा प्रवेश गरेका छन् ।

भीमफेदीमा ६५० र मकवानपुरगढी–८ मा १५० जनालाई केन्द्रीय सदस्य उपाध्याय र सभापति बानियाँले कांग्रेसमा स्वागत गरेका हुन् ।

Published : Wednesday, 2021 November 3, 11:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया