ओलीले औकातसहित बुझ्ने भाषामा पाए खाणको जवाफ, बालकोटमा खैलाबैला

फिदिम । कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाणले आफ्नो सरकार टिकाउन नसक्नेले अर्काको सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका छन् ।

मंगलबार पाँचथरको तुम्बेवा–५ मौवामा स्थानीयसँगको अन्तरक्रियामा खाणले आफ्नै सरकार र पार्टी जोगाउन नसक्नेले फेरि सरकार ढलाउने धम्की नदिन चेतावनी दिएका हुन् ।

तत्कालीन प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीविरुद्ध लक्षित गरेर कार्यबाहक प्रधानमन्त्री खाणले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारविरुद्ध हर्कत नगर्न सचेत गराएका छन् ।

कार्यबाहक प्रधानमन्त्री खाणले अहिलेको सरकार कसैले ढलाएर नढल्ने दाबी गरेका छन् ।

‘हामी सरकार ढलाउने र गिराउने काममा कहिल्यै लागेनौँ, अब पनि लाग्दैनौँ’, उनले भने, ‘सरकार बनाउनेतर्फ हैन, देश बनाउनेतर्फ जोड गरौँ ।’

कार्यबाहक प्रधानमन्त्री खाणले वर्तमान सरकारले जनताको भावनाअनुसार काम गर्ने भएकाले जनताको मर्म बुझ्नका लागि आफू जनतासँग अन्तर्क्रिरया गर्न गाउँ–गाउँ जाने गरेको बताएका छन् ।

उनले जनताका समस्या बुझ्ने र समाधान गर्नेतर्फ नै अहिलेको सरकार केन्द्रित रहेकाले कसले सरकार ढलाउँछ भन्नेतर्फ कुनै सरोकार नरहेको बताए ।

Published : Wednesday, 2021 November 3, 9:15 am

फेसबुकबाट तपाईको प्रतिक्रिया