चीनको सिमाना जोडिएको वडा खर्लप्पै कांग्रेसमा प्रवेश, बस्नेतद्वारा स्वागत
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका एमाले र माओवादीका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् ।
काठमाडौंको नयाँबानेश्वरस्थित खेलकुद विभागको मुख्यालयमा मंगलबार आयोजित विशेष कार्यक्रममा नेता बस्नेतले एमाले र माओवादी परित्याग गरेका १ सयभन्दा धेरै नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् ।
भोटेकोशी गाउँपालिका– २ कोदारी र तातोपानीबाट एमाले–माओवादीका लोकप्रिय युवा नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । चीनको सिमानासँग जोडिएको यो वडामा माओवादी र एमालेको दब्दबा रहेको थियो ।
एमाले र माओवादीले जनतालाई झुठ बोलेर धोका दिएपछि नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।
पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापा, नेपाली कांग्रेसका नेता हरिशरण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।







बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया