चीनको सिमाना जोडिएको वडा खर्लप्पै कांग्रेसमा प्रवेश, बस्नेतद्वारा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोक जिल्लाका एमाले र माओवादीका नेता कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् ।

काठमाडौंको नयाँबानेश्वरस्थित खेलकुद विभागको मुख्यालयमा मंगलबार आयोजित विशेष कार्यक्रममा नेता बस्नेतले एमाले र माओवादी परित्याग गरेका १ सयभन्दा धेरै नेता कार्यकर्तालाई कांग्रेसमा प्रवेश गराएका हुन् ।

भोटेकोशी गाउँपालिका– २ कोदारी र तातोपानीबाट एमाले–माओवादीका लोकप्रिय युवा नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन् । चीनको सिमानासँग जोडिएको यो वडामा माओवादी र एमालेको दब्दबा रहेको थियो ।

एमाले र माओवादीले जनतालाई झुठ बोलेर धोका दिएपछि नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य विष्णुविक्रम थापा, नेपाली कांग्रेसका नेता हरिशरण श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

Published : Tuesday, 2021 November 2, 6:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया