तिहार शुरू भएकै दिन माओवादी मन्त्रीले भिखारीलाई भिख दिइनन्, नदेखे झैँ गरिन्
काठमाडौं । उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले तिहाइ शुरू भएकै दिन ललितपुरमा परेवालाई चारो दिएर खुसीयाली मनाएकी छिन् ।
हल्का निलो र खरानी रंग रहेको कोट र पाइन्ट लगाएर सुरक्षाकर्मी लिएर तामझामका साथ पाटन दरबार क्षेत्रमा परेवालाई मंगलबार बिहान चारो खुवाएकी हुन् । परेवालाई चारो खुवाउने बेला निकै फुर्ती र खुसी देखिएकी मन्त्री भुसालले नजिकै भिख माग्दै गरेका दुई जनालाई देखेर पनि नदेखे जस्तो गरिन् ।
उनले परेवालाई चारो दिँदै गर्दा नजिर्क भिख माग्न बसेका आमा–छोरीलाई केही पनि दिइनन् । मन्त्री भुसालले बरु ती भिख माग्ने महिलालाई नदेखे जस्तो गरिन् ।
ती भिख माग्ने महिलाकै अगाडि स्थानीयहरूसँग फोटो खिचाइन् । ती फोटोहरू आफ्नो फेसबुक पेजमा अपलोड गरेकी छिन् ।
ती महिला गरिवीका कारण होस् वा कुनै पनि कारणले भिख माग्न बसेकी छिन् । तिहार आजदेखि सबैको घरमा भित्रिएको छ । बाध्यता भएरै होला ती महिला भिख माग्न बसेकी होलिन् ।
मन्त्री भुसालले ती महिलालाई केही दिएको भए पनि हुने थियो । भुसालले आफ्नो सुरक्षाकर्मी वा निजी सहयोगमार्फत ती महिलाको समस्या बुझेर उपयुक्त निर्णय लिएको तस्बिर फेसबुकमा राखेका भए प्रशंसा हुने थियो ।
मन्त्री भुसालले तिहार रमाइलो र मोज गरेर पक्कै मनाउनु हुनेछ । तर, ती भिख माग्ने महिलाको घरमा बिहान र बेलुका खानका लागि चामल हुनेछैन । यो घटना एउटा पात्र मात्रै हो । देशभरि यस्ता घटना धेरै छन् ।
मन्त्रीज्यू यो समाचार तपाईको आलोचनाका लागि लेखिएको होइन । यस्तो समस्यालाई समाधान गर्नुस् भनेर स्मरण गराइएको हो ।
काठमाडौंका सडकमा पछिल्लो समय धेरै भिख माग्नेहरू देखिन थालेका छन् ।
प्रमुख शहरमा पनि भिख माग्नेहरूको कुनै कमी छैन । भिख माग्नेहरू धेरै जस्तो भारतबाट आएका र भाषा नै नबुझिने मानिसहरू पनि छन् । यो विषयमा तपाई मन्त्रीले पनि समाधान गर्न पहल लिने कि ?
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया