कार्यबाहक प्रधानमन्त्री खाण आज पूर्वी जिल्लाहरूमा जाँदै

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाण पूर्वका जिल्लाहरूको लागि आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।

खाण नेपाली सेनाको हेलिकप्टरबाट सुनसरी, पाँचथर, इलाम लगायतका जिल्लामा पुगेर बाढीपहिरोले गरेको नोक्सान, उद्धार र राहतका लागि भइरहेका प्रयासका विषयमा जानकारी लिनेछन् ।

उनले तिहार, छठ लगायतका पर्वमा उचित सुरक्षा प्रबन्ध मिलाउन यसअघि नै निर्देशन दिइसकेका छन् ।

कार्यबाहक प्रधानमन्त्री खाणले स्थानीय सुरक्षा निकाय, नेपाली कांग्रेसका नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

कार्यबाहक प्रधानमन्त्री खाणसँग नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडासहितका नेताहरू पनि जानेछन् ।

Published : Tuesday, 2021 November 2, 7:49 am

फेसबुकबाट तपाईको प्रतिक्रिया