कांग्रेसले ललितपुरमा एमाले–माओवदीलाई ठूलो धक्का दियो, लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश

कोञ्ज्योसोम । ललितपुर जिल्लामा नेपाली कांग्रेसले एमाले र माओवादी केन्द्रलाई ठूलो धम्का दिएको छ ।

एमालेका लोकप्रिय नेता कृष्णबहादुर तामा र माओवादीका पूर्व इलाका कमाण्डर गोविन्द घलानसहितका एक सयभन्दा धेरै नेताहरू कांग्रेसमा प्रवेश गरेका छन् ।

कोञ्ज्योसोम गाउँपालिकामा सोमबार आयोजित शुभकामना आदान प्रदान तथा पार्टी प्रवेश कार्यक्रममा एमाले र माओवालीका स्थानीय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

कांग्रेस प्रवेश गरेका एमालेका नेता कृष्णबहादुर तामाङ २०५४ सालमा साबिक नल्लु गाविसमा एमालेबाट गाविस अध्यक्षमा निर्वाचित भएका थिए । गोविन्द घलान माओवादीका पूर्व ईलाका कमाण्डर हुन् । बुद्धिराज लामा एमालेको कोञ्ज्योसोम गाउँपालिकाका कमिटीका सदस्य हुन् ।

कांग्रेस प्रवेश गर्नेमा एमालेका युवा नेता विशाल लोप्चन, सिर्जना घलान, सलकुमार तामाङ, झलक बोम्जन, जयकुमार तामाङ लगायत १ सयभन्दा धेरै नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको कांग्रेसका युवा नेता एवम् खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ, ललितपुर जिल्लाका सभापति मदनबहादुर अमात्य, पूर्व अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन, नेता ऋषिराम घिमिरेलगायतले नवप्रवेशीहरूलाई टीका र खादा लगाइदिएर कांग्रेसमा प्रवेश गराएका छन् ।

कार्यक्रममा ललितपुर क्षेत्र नम्बर १ का सभापति राजन घिमिरे, जिल्ला सदस्य प्रभाकर पोखरेल, सानुकान्छा मोक्तान, बशिष्ठ अधिकारी, प्रदेश ‘क’का सभापति सुन्दरमान थिङ, प्रदेश ‘ख’का सभापति रामकृष्ण लामा, कोञ्ज्योम गाउँपालिकाका नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उदेश्यका बारेमा कोञ्ज्योसोम गाउँपालिका वडा नम्वर ३ वडाध्यक्ष एवम् कांग्रेसका नेता तिलक बोम्जन, वडा नम्बर ४ का वडाध्यक्ष एवम् युवा नेता तीर्थबहादुर घलानले जानकारी गराएका थिए ।

कोञ्ज्योसोम गाउँपालिकाका कांग्रेस सभापति सरोज घलानको सभपतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

एमाले र माओवादीभित्र बबण्डर भएका बेला ललितपुर जिल्लामा ती दुई पार्टीभित्र पहिरो गएको छ । एमालेको अधिवेशन चलिरहेका बेला लोकप्रिय नेताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

एमालेका नेताहरूले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेपछि एमालेका नेता एवम् प्रतिनिधि सभाका सांसद नवराज सिलवाललाई तनाब भएको छ ।

ललितपुरमा विकासको सिन्को पनि भाँच्न नसकेका सिलवालका कारण एमाले कमजोर भइरहेको छ ।

माओवादीका नेताहरूले पनि ललितपुरमा काम गर्न सकेका छैनन् । माओवादीको झुठको खेतीले ललितपुरका जनता दिक्क भएर धमाधम पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Monday, 2021 November 1, 8:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया