एमाले सांसदको स्याउ फार्म घुम्न राष्ट्रपतिद्वारा सरकारी सम्पत्ति दुरुपयो, ट्वाँ परे बाढीपीडितहरू

चामे । राष्ट्रपति विद्यादेवी भण्डारीले एमालेका सांसद एवम् नेता पाल्देन छोपाङ गुरुङको स्याउ फार्म हेरेर फर्किएकी छिन् ।

मनाङ जिल्लाको डिस्याङ गाउँपालिका– १ भ्राताङमा रहेको एमालेका नेता गुरुङको स्याउ फार्मलाई सोमबार दलबलसहित आएर अबलोकन गरेकी हुन् ।

आफ्नो पार्टी एमालेका नेताको स्याउ फार्म अवलोन गरेर स्याउ खाए पनि राष्ट्रपति भण्डारीले नजिकै रहेका बाढी र पहिरोपीडित जनतालाई भेट गरिनन् ।

मनाङमा अविरल वर्षापछि आएको बाढीपहिरोले करोडौँको नोक्सान गरेको थियो । नेपाली कांग्रेस नेतृत्वको सरकारले मनाङ र सिन्धुपाल्चोकलाई संकटग्रस्त जिल्ला घोषणा गरेर राहत वितरणदेखि पुनर्निर्माणको काम अगाडि बढाएको छ ।

सरकारी हेलिकप्टरमा चढेर आएकी भण्डारीले बाढी र पहिरोपीडितलाई नभेटेपछि आलोचना भएको छ । राष्ट्रपति भनेको सबैको हो । तर, भण्डारीले बाढी र पहिरोपीडितलाई भेदभाव गरेर अन्याय गरेकी छिन् ।

राष्ट्रपति भण्डारी मनाङ आउन लागेको जानकारी पाएपछि बाढी र पहिरोपीडित जनता खुसी थिए । खालीहात आएकी भण्डारीले पीडितलाई नै नभेटेपछि पीडितहरू असन्तुष्ट बनेका छन् ।

चामे, ताल लगायतका स्थानमा बाढी र पहिरोले ठूलो क्षति भएको थियो । पीडितहरूको अपेक्षामा भण्डारीले चिसोपानी हालेर फर्किएकी छिन् ।

एमालेका सांसद एवन् नेता गुरुङले एग्रो मनाङ स्याउ फार्म सञ्चालन गरेका छन् । दुई वर्ष अगाडि पनि एमालेका अध्यक्ष खड्गप्रसाद ओली हेलिकप्टर चढेर आएर एमालेका नेता गुरुङको स्याउ फार्म अवलोकन गरेका थिए । यो स्याउ फार्मको उद्घाटन एमालेका अध्यक्ष ओलीले नै गरेका हुन् ।

नेपाली कांग्रेसका नेताका नेता एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङले गृहमन्त्री बालकृष्ण खाणलाई ल्याएर बाढीपहिरोबाट भएको नोक्सानको अवलोकन गराएका छन् । कांग्रेस नेता गुरुङले राहतहरू वितरण गरिरहेका छन् ।

एमालेका सांसद र नेताहरूले बाढी र पहिरोपीडितसँग भेटेर गुनासा सुन्नुको साटो एमालेका सांसदको स्याउ फार्मलाई देखाउन सरकारी सम्पत्ति दुरुपयोग गरेर राष्ट्रपति भण्डारीलाई ल्याएका छन् ।

कम्युनिस्ट भनेका झुठ र व्यक्तिवादी हुन्छन् भन्ने कुराको यो घटनाले पुष्टि भएको छ । कम्युनिस्टहरूले जनताको भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थलाई ध्यानदिने गर्छन् ।

बाढीपहिरोपीडितलाई राहत वितरण गर्दै कांग्रेस नेता टेकबहादुर गुरुङ
बाढीपहिरोपीडितलाई राहत वितरण गर्दै कांग्रेस नेता टेकबहादुर गुरुङ
बाढीपहिरोपीडितलाई राहत वितरण गर्दै कांग्रेस नेता टेकबहादुर गुरुङ
बाढीपहिरोले क्षति भएको मनाङ
Published : Monday, 2021 November 1, 1:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया