अर्घाखाँचीमा लोकप्रिय नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेपछि जिलपरे एमाले–माओवादी

सन्धिखर्क । अर्घाखाँची जिल्लामा एमाले र माओवादी केन्द्र परित्याग गरेर एक सयभन्दा धेरै नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

पोखराथोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पाणिनि गाउँपालिका–२ पोखराथोकमा एमाले र माओवादी परित्याग गरि १ सय ७६ जना कांग्रेसमा प्रबेश गरेका हुन् । नवप्रवेशीहरूलाई केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभाकी सचेतक पुष्पा भुसालले पार्टी प्रवेश गराएकी छिन् ।

कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमको पहलमा पाणिनी– २ पोखराथोकका विभिन्न स्थानबाट उनीहरू कांग्रेसमा प्रवेश गरेका हुन् । कांग्रेसमा प्रवेश गर्नेमा चन्द्रकान्त पौडेल, देवराज गौतम, खगेन्द्रबहादुर बिक लगायत रहेका छन् ।

कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य बालकृष्ण पाण्डे, जिल्ला सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’, पूर्वजिल्ला सभापति पिताम्बर शर्मा, कमलप्रसाद भुसाल र क्षेत्रीय सभापति अच्युत गौतमलगायतको उपस्थिति रहेको थियो ।

कांग्रेस पोखराथोकका सभापति बाबुराम गौतमको सभापतित्व र कमला पन्थी गौतमको स्वागतमन्तव्यमा भएको कार्यक्रमलाई प्रमोद गौतमले सञ्चालन गरेका थिए ।

Published : Monday, 2021 November 1, 8:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया