प्रधानन्यायाधीशबारे के भन्छन् कांग्रेसका सह–महामन्त्री डा.महत ?

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री एवम् पूर्वमन्त्री डा.प्रकाशशरण महतले प्रधानन्यायाधीशले संविधानको सीमा नाघेमा मात्रै संसदको भूमिका आउने बताएका छन् ।

काठमाडौंमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै डा.महतले अहिलेसम्म प्रधानन्यायाधीशले संविधानको सीमा नाघेको भन्ने कुरा नआएको बताए ।

‘उहाँले संविधानको सीमा नाघेमा मात्रै संसदको भूमिका आउँछ’, कांग्रेसका सह–महामन्त्री डा.महतले भने, ‘प्रधानन्यायाधीशले संविधानको सीमा नाघेमा संसद बोल्छ, अहिले संविधानको सीमा नाघेको भन्ने कुरा आइसकेको छैन ।’

उनले भनेका छन्, ‘त्यसैले अदालतमा भएको समस्या त्यहीँभित्रबाट समाधान गर्नुपर्छ भन्ने हो ।’ डा.महतले सर्वोच्चबाटै समस्याको निकास खोजिनुपर्ने बताएका छन् ।

‘न्यायालयभित्र अलमल भएको र समस्या समाधान त्यहाँभित्रैबाट होस् भन्ने हो’, उनले भनेका छन्, ‘त्यहीँबाट निकास निस्कियोस् । रोकिएका काम अगाडि बढुन्, न्याय सम्पादन अघि बढोस् ।’

सह–महामन्त्री डा.महतले एमसीसी पारित गरिनुपर्ने बताएका छन् ।

उनले एमसीसी अनुदान भएको भन्दै एमसीसीबारे अनेक भ्रम फैलिएकोमा त्यस्ता भ्रममा नपर्न आग्रह गरेका छन् ।

Published : Sunday, 2021 October 31, 10:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया