डा.रामवरण यादवले आफ्नो औकात देखाइछाडे, कांग्रेस र देउवाविरुद्ध बोलेर होस गुमाए

काठमाडौं । कोइराला परिवारको दौरासुरुवालको फेरो समातेर नेपाली कांग्रेसका राजनीति गरेर राष्ट्रपति बनेर अवकास पाएका डा.रामवरण यादवले आफ्नो हैसियत र औकात भुलेर तल्लोस्तरको अभिव्यक्ति दिएका छन् ।

डा.यादवले आइतबार काठमाडौंमा दिएको अभिव्यक्तिले नेपाली कांग्रेसका कार्यकर्ताको मन दुखाएको छ । डा.यादवले कांग्रेसभित्रको एउटा सानो गुट र कम्युनिस्टहरूलाई फाइदा हुने गरेर अभिव्यक्ति दिएपछि आलोचना शुरु भएको छ ।

पूर्वराष्ट्रपति भएर पनि डा.यादवले आफ्नो औकात भुलेर अभिव्यक्ति दिएपछि आलोचना भएको हो । आफू राष्ट्रपति बन्न नसकेपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले डा.यादवलाई अन्तिम समयमा अगाडि सारेका थिए ।

कोइराला परिवारको हनुमान बनेपछि डा.यादवले अवसर पाएका थिए । अहिले आएर आफ्नै पार्टी कांग्रेसको बद्नाम हुने गरेर प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाविरुद्ध टिप्पणी गरेका छन् ।

पूर्वराष्ट्रपति डा.यादवले न्यायालयमा देखिएको समस्या समाधान गर्न नसकेको भन्दै आफ्नै कांगेस पार्टी नेतृत्वको सरकारको आलोचना गरेका छन् ।

पूर्वराष्ट्रपति यादवले न्यायालय विवादमा फसेको बेला प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत भ्रमणमा निस्किएको बेला राष्ट्रकै बेइज्जत भएको टिप्पणी गरेर कम्युनिस्टहरूलाई खुसी बनाएका छन् ।

‘विपी विचार, नीति र व्यवहार’ नामक पुस्तकको आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच विमोचन गर्दै उनले न्यायका प्रतिष्ठित व्यक्तिहरू, कानूनविदहरूसँग सल्लाह गरेर न्यायालयमा देखिएको समस्या समाधान गर्नुपर्दैन ? भनेर सरकारलाई प्रश्न गरेका छन् ।

कानूनमन्त्रीले यो समस्याको समाधान गर्न नसक्ने बताउँदै पूर्वराष्ट्रपति डा.यादवले न्यायालय बेहाल अवस्थामा रहेका बेला प्रधानमन्त्री देउवाले बेलायत भ्रमण गरेर नेपालको शिर निहुँर्‍याएको बताएका छन् ।

उनले सारा न्यायाधीशहरू, नेपाल बार, कानूनविदहरू एक ठाउँमा रहेका बेला पनि राजीनामा दिन्न भनेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले कसको आडमा भनेको भनेर सरकार र राजनीतिक दलहरूमाथि प्रश्न गरेका छन् ।

‘न्यायालयमा सारा न्यायाधीशहरू एकातिर छ’, डा.यादवले भने, ‘बुद्धिजीविहरू एकातिर छ । संविधानविदहरू, कानूनविदहरू एकातिर छ ।’
‘यस्तो अवस्थामा प्रधानन्यायाधीश भन्छन् कि म छोडिदिन’, उनले भने, ‘केही नभएपनि एक्लै बेन्चमा बस्छ । कसको तागतमा ?’

‘सरकारले आफ्नो ट्रयाक टू डिप्लोमेसीबाट न्यायका प्रतिष्ठित व्यक्तिहरू, कानूनविदहरूसँग सल्लाह गरेर ती समस्यालाई हल गर्नुपर्दैन ? कानूनमन्त्री जसले ल्याण्ड गर्न सक्दैन ?’, उनले प्रश्न गरेका छन् ।

‘आज संसारको सामुन्ने न्यायालयको अवस्था यस्तो छ ।सम्माननीय प्रधानमन्त्री बेलायत जानुभएको छ’, उनले भने, ‘आज बेलायतको सामुन्ने, संसारको सामुन्ने न्यायालयको यो अवस्था छ । यस्तो अवस्थामा हामी संसारको सामुन्ने टाउको देखाउन सक्छौं ?’

पूर्वराष्ट्रपति डा.यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति पनि असन्तुष्टि जनाएका छन् ।

उनले संविधानमा नभएको संसद भंग गर्ने तत्कालीन प्रधानमन्त्री केपी ओलीको निर्णयमा राष्ट्रपति भण्डारीले साथ दिएकोमा असन्तुष्टि व्यक्त गरेका हुन् ।

पूर्वराष्ट्रपति डा.यादव नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला निकटका मानिन्छन् । डा.यादवका छोराले धनुषा जिल्लाबाट पौडेल समूहबाट रहेर कांग्रेसको राजनीति गर्दै आएका छन् ।

आफ्नो छोराको राजनीति बनाउन डा.यावदले आफ्नो हैसियत र औकात भुलेर कांग्रेसलाई कमजोर बनाउने गरेर अभिव्यक्ति दिएको चर्चा भएको छ ।

राष्ट्रपति बनेका बेला काण्डै काण्ड गरेर कांग्रेसका नेताहरूलाई कोइराला परिवारको निर्देशनमा विभिन्न अभियोग तथा मुद्धाहरू लगाएर सिध्याएका डा.यादवले अहिले आएर आफ्नो असली औकात देखाइछाडेका छन् ।

डा.यादवले भने जस्तो कांग्रेस वा प्रधानमन्त्रीले स्वतन्त्र न्यायपालिकामा हस्तक्षेप गर्न मिल्दैन । न्यायालयको समस्या न्यायालय आफैले समाधान गर्नुपर्छ । स्वतन्त्र न्यायालयमा कांग्रेस वा प्रधानमन्त्रीले हस्तक्षेप गर्ने हो भने त्यसले जनतलाई न्याय दिन सक्दैन ।

Published : Sunday, 2021 October 31, 10:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया