तीन वर्षमै सत्ता गुमाएका ओलीले कांग्रेसविरुद्ध देखाए निच हर्कत

काठमाडौं । झण्डै दुईतिहाइको बहुमत पाएका खड्गप्रसाद ओलीले तीन वर्षमा असफल भएर सत्ता गुमाएको चार महिनाभित्रै आफ्नो हैसियत भुलेर नेपाली कांग्रेसप्रति छन्नभाँती टिकाटिप्पणी गरेका छन् ।

शनिबार सिन्धुपाल्चोक काठमाडौं सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गर्दै एमालेका अध्यक्ष ओलीले कांग्रेसप्रति १४औँ महाधिवेशनलाई लिएर आपत्तिजनक टिप्पणी गरेका हुन् । ओलीको यो टिप्पणीले कांग्रेसका नेता कार्यकर्ताको चित्त दुखाएको छ ।

ओलीले पाँच वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि अझै नगरेको भन्दै कांग्रेसमा महाधिवेशन गर्ने क्षमता नै नभएको बताएका छन् ।

‘५ वर्षभित्र गर्नुपर्ने, गर्न नसक्ने । त्यसपछि ६ महिनामा गर्नुपर्ने, गर्न नसक्ने । निर्वाचन आयोगले दिएको ६ महिनाभित्र अहिले पनि १३ वटा जिल्लामा भएको छ’, ओलीले भने, ‘बाँकी, बाँकी नै छ ।’

मंसिर दोस्रो साता गर्ने भनिएको महाधिवेशन पनि गर्न नसक्ने भनिसकेको भन्दै ओलीले अघि भने, ‘महाधिवेशन आयोजना गर्ने क्षमता नै कांग्रेससँग समाप्त भइसक्यो ।’

‘कांग्रेस बुढो भयो, विचार बुढो भयो, केही पनि छैन’, उनले भने, ‘महाधिवेशन आयोजना गर्न नसक्ने हालतमा पुग्यो ।’

एमालेले असोज १५–१७ मा विधान महाधिवेशन गरेको र मंसिरमा अर्को महाधिवेशन गर्न ओलीले बताएका छन् ।

‘असाधारण जनउपस्थितिका साथ महाधिवेशन हुनेछ’, एमाले अध्यक्ष ओलीले भने, ‘एमालेको क्षमता देखेर दुनियाँ आश्चर्यचकित हुनेछ ।’

Published : Saturday, 2021 October 30, 11:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया