शेखर कोइराला समूहले एमाले सरकार बचाएपछि कांग्रेसले दियो यस्तो निर्देशन

इनरुवा । नेपाली कांग्रेसका नेता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले खड्गप्रसाद ओली नेतृत्वको अघिल्लो सरकारले गफ मात्र छाँटेर समय व्यतित गरेको आरोप लगाएका छन् ।

शनिबार सुनसरीको इनरुवामा आयोजित कार्यक्रममा मन्त्री कार्कीले विगतको सरकारले के गर्‍यो र के गरेनभन्दा पनि वर्तमान सरकारले के गर्दैछ भन्ने कुरा महत्वपूर्ण हुने बताएका हुन् ।

उनले ओली सरकारले साढे तीन वर्ष गफमा बिताएको बताए । मन्त्री कार्कीले कांग्रेसको सरकार मुलुकको समृद्धि र विकास केन्द्रित रहेको बताएका छन् ।

उनले केन्द्रमा बनेको गठबन्धनको सहमति बमोजिम वर्तमान सरकार अघि बढेको बताएका छन् ।

मन्त्री कार्कीले प्रदेश १ मा कांग्रेसका प्रदेश सांसदहरूलाई पार्टी निर्णयविपरीत नजान निर्देशन दिएका छन् ।

मन्त्री कार्कीले प्रदेश सभामा कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई पार्टी निर्णयको अक्षरसः पालना गर्न निर्देशन दिएका छन् ।

मन्त्री कार्कीले प्रदेश १ सरकारको प्रतिनिधित्वको विषयलाई लिएर केही कांग्रेस नेता तथा कार्यकर्ता ट्रयाक बाहिर जान खोजेको बुझिन आएको भन्दै त्यसो गरिए पार्टी हितविपरीत ठहरिने बताए ।

प्रदेश १ को सरकार नेकपा (एकीकृत समाजवादी)को नेतृत्वमा बन्ने बताएका मन्त्री कार्कीले गठबन्धनको निर्णय बमोजिम मुख्यमन्त्री चयन हुने बताएका छन् ।

कार्कीले नेपाली कांग्रेस गठबन्धनको निर्णय बमोजिम अघि बढ्ने भएकाले केही दिनभित्रै प्रदेश १ मा राजेन्द्र राईको नेतृत्वमै सरकार बन्ने बताए ।

कांग्रेसका नेता शेखर कोइराला निकटका सांसदहरूले प्रदेश १ मा लफडा गरेर एमालेको सरकार बचाउन लागेपछि विरोध भइरहेका बेला नेता कार्कीको यो भनाइ आएको छ ।

शेखर कोइरालाले कांग्रेसलाई सहयोगभन्दा पनि असहयोग हुने गतिविधि गर्दै आएका छन् । शेखरका कारण कांग्रेसलाई ठूलो असर परेको छ ।

एमालको सरकार प्रदेश १ मा मात्रै छ । त्यो पनि शेखर कोइराला र उनको समूहको कारण प्रदेश नं. १ मा एमालेको सरकार बचेको छ । अब एमालेको सरकार ढलेर पत्तासाफ हुनेछ ।

Published : Saturday, 2021 October 30, 10:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया