यी ढोँगीहरूको कहिल्यै बुद्धि नआउने भयो, कम्युनिस्ट र मण्डलेहरूले औकात देखाए

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जवराका विषयमा सर्वोच्च अदालतभित्र भाँडभैलो भइरहेका बेला नेपाल बार एशोसिएसनको मुख्यालयमा दुई जना कानून व्यवसायीबीच कुटाकुट भएको छ ।

बारको परिसरमा शुक्रबार दुई जना कानूनी व्यवसायीबीच कुटाकुट भएको हो । कानून व्यवसायी विराट न्यौपाने र भूमिनन्द चुडालबीच विवाद हुँदा कुटाकुट भएको भिडियोमा देखिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै न्यायाधीशहरुले इजलास बहिष्कार गरिररहेका छन् । त्यही विषयमा भनाभन हुँदा दुईबीच कुटाकुट भएको दुबै जनाले बताएका छन् ।

कानूनी व्यवसायीहरूका अनुसार अधिवक्ता चुडालले ‘सबै वकिल धनी छैनन्, इजलास नबस्दा चल्न गाह्रो भयो’ भन्दै बोलिरहेका थिए ।

प्रधानन्यायाधीशले राजीनामा किन दिने भन्दै चुडाल बोलिरहेका बेला न्यौपानेले गएर उनलाई कुटपिट गर्नुका साथै लात्ताले हानेका थिए ।

‘प्रधानन्यायाधीशले किन राजीनामा दिने’ भन्दै उनले कोट तानेको वकिलहरूले बताएका छन् । त्यसपछि दुईबीच कुटाकुट भएको थियो ।

अधिवक्ता चुडाल राजसंस्था समर्थक हुन् । अर्का अधिवक्ता न्यौपाने कम्युनिस्ट समर्थक हुन् । राजसंस्था र कम्युनिस्ट समर्थक अधिवक्ताहरूले बारको मुख्यालयमा औकात देखाएर सबैलाई चकित तुल्याइदिएका छन् ।

Published : Friday, 2021 October 29, 10:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया