कार्यबाहक प्रधानमन्त्री हुनेवित्तिकै खाणले उठाए गज्जबको कदम

काठमाडौं । देशको समग्र सुरक्षा व्यवस्थाबारे केन्द्रीय सुरक्षा समिति बैठकमा छलफल भएको छ ।

कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा शुक्रबार गृहमन्त्रालयमा बसेको बैठकमा समग्र सुरक्षा स्थितिको बारेमा छलफल भएको हो ।

अब अवैधानिक रुपमा नेपाल प्रवेश रोक्न सीमा नाकामा थक कडाइ गर्ने गर्ने निर्णय समिति बैठकमा भएको छ । कडाई गर्नका लागि नाकामा सीसीटिभी जडान गर्ने, नाकामा आवतजावत गर्दा अनिवार्य रुपमा परिचय पत्र देखाउनु पर्ने व्यवस्था गर्ने, अध्यागन एवम् सुरक्षा निकायको परिचालन अझ प्रभावकारी गराउने निर्णय बैठकमा भएको छ ।

पछिल्लो समय कोभिड–१९ को संक्रमण बढ्न थालेकोले नाकामै स्वास्थ्य जाच गर्ने पनि बैठकमा निर्ण भएको छ । त्यसका लागि आवश्यक उपकरण जुटाउने विषयमा पनि बैठकमा छलफल भएको हो ।

थप नागरिकलाई प्रवेश गर्न नदिने के गर्ने भन्नेबारेमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा अफगानी नागरिक र अन्य देशका नागरिक कति छन् भन्नेबारेमा सुरक्षा निकायका प्रमुखहरूले कार्यबाहक प्रधानमन्त्रीलाई ब्रिफिङ गरेका छन् ।

कार्यबाहक प्रधानमन्त्री एवम् गृहमन्त्री खाणले अनाधिकृतरुपमा विदेशी नागरिक नेपाल प्रवेश गर्न नदिने सीमा नाका र अन्तर्राष्ट्रिय विमानस्थलहरू कडाइ गर्नुपर्ने बताए ।

कार्यबाहक प्रधानमनत्री खाणको सक्रियतामा बसेको बैठकमा रक्षासचिव बेगेन्द्रराज शर्मा पौड्याल, गृह मन्त्रालयका निमित्त सचिव प्रदीप कोइराला, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक गणेशप्रसाद अधिकारी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका उपरथी निर्मलकुमार थापा, नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक प्रधुन्नकुमार कार्की सहभागी रहेका थिए ।

अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल आमन्त्रित रहेका थिए ।

कार्यबाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकै केही घण्टाभित्र गृहमन्त्री खाणले कोरोना र समग्र सुरक्षा अवस्थाका बारेमा बैठक राखेर जानकारी लिएका हुन् ।

Published : Friday, 2021 October 29, 10:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया