कांग्रेसको महाधिवेशनको कार्यतालिकामा हेरफेर

काठमाडौं । नेपाली कांग्रेसले कार्यतालिकामा हेरफेर गर्दै १४औँ महाधिवेशनलाई केही पर धकेलेको छ ।

मंसिर २४ गतेदेखि हुने नयाँ मिति तय गर्दै कांग्रेसको १४औं महाधिवेशन सारिएको विज्ञप्तिमा उल्लेख छ ।

बुधबार २७ गतेदेखि गर्ने गरी मिति तय भएको थियो । कांग्रेसको निर्वाचन कार्यतालिका नवौं पटक संशोधन भएको छ ।

बिहीबार बसेको कांग्रेस निर्वाचन समितिको बैठकले मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

बाँकी रहेका वडा अधिवेशन कात्तिक २७, पालिका अधिवेशन कात्तिक ३० मा हुनेगरी मिति तय गरिएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसले १३ जिल्लाका वडा अधिवेशनहरू गर्न बाँकी रहेको छ ।

Published : Thursday, 2021 October 28, 8:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया