ओलीले गर्न नसकेको काम देउवाले चैतभित्र फत्ते गरिदिने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चैतभित्र सबै नेपालीलाई कोरोनाविरूद्धको खोप लगाइसक्नुपर्ने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको कोभिड– १९ संकट व्यवस्थापन केन्द्रको पहिलो बैठकमा देउवाले खोप खरिद गरेर भए पनि चैतभित्र सबैलाई पूर्ण मात्रामा लगाइसक्नुपर्ने बताए । उनले कोरोना खोपको अभाव हुन नहुने बताएका छन् ।

प्रधानमन्त्री देउवाले भनेका छन्, ‘कोरोना खोपको कमी नहोस्, चैतभित्र सबै नेपालीलाई खोप लगाइसक्नुपर्छ ।’

‘सबैलाई निःशुल्क खोप लगाउने हो’, देउवाले भनेका छन्, ‘अनुदानबाट प्राप्त र अपुग हुने खोप खरिद गरेर भए पनि सबैलाई पूर्ण मात्रामा खोप लगाउनुपर्छ ।’

सरकारले असोजभित्र कूल जनसंख्याको एकतिहाइलाई खोप लगाइसक्ने भनेको छ ।

तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप जनतालाई लगाइदिन सकेको थिएन । देउवा आएपछि जनतालाई धमाधम खोप लगाइदिएका छन् ।

Published : Thursday, 2021 October 28, 12:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया