कांग्रेसका कार्यकर्ता जिल पर्ने कुरा

काठमाडौं । तोकिएको समयभित्र काम हुन नसकेपछि नेपाली कांग्रेसको १४औँ महाधिवेशनफेरि सरेको छ ।

कांग्रेसले महाधिवेशन मंसिर २७ देखि हुने गरि नयाँ मिति तय गरेको छ । महाधिवेशन सार्ने निर्वाचन समितिको प्रस्ताव आएपछि कांग्रेसका कार्यकर्ता जिल परेका छन् ।

बुधबार बसेको कांग्रेस निर्वाचन समितिको बैठकले कात्तिक २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।

बाँकी रहेका वडा अधिवेशन कात्तिक २७, पालिका अधिवेशन कात्तिक ३० मा हुनेगरि मिति तय गरिएको निर्वाचन समितिका सदस्य एगराज पोखरेलले बताएका छन् ।

कांग्रेसले १३ जिल्ला वडा अधिवेशन गर्न बाँकी छ । योसँगै कांग्रेसको निर्वाचन कार्यतालिका ८औं पटक संशोधन भएको छ ।

मंसिर ३ मा प्रदेश निर्वाचन क्षेत्र, ६ गते प्रतिनिधि सभा निर्वाचन क्षेत्र र १० गते जिल्ला अधिवेशन गर्नेगरि मिति प्रस्ताव गरिएको पोखरेलले बताएका छन् ।

मंसिर १६ र १७ मा सातवटै प्रदेशको अधिवेशन गर्ने नयाँ कार्यतालिका छ ।

बुधबार निर्वाचन समितिले तय गरेको निर्णयलाई केन्द्रीय समिति बैठक बोलाएर अनुमोदन गरिनेछ ।

Published : Thursday, 2021 October 28, 12:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया