गृह मन्त्रालयद्वारा यी १३ उप–सचिवहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १३ उप–सचिवहरूको काज सरुवा गरेको छ । उप–सचिव लक्ष्मण ढकाल कारागार व्यवस्थापन विभागमा सरुवा गरिएको छ ।

उप–सचिव श्रीधर केसीलाई सहायक प्रमुख जिल्ला अधिकारीमा खटाइएका छन् । मोहनप्रसाद अर्याल इलाका प्रहरी कार्यालय सिमरा, बासुदेव घिमिरे राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा भएको छ ।

उप–सचिव हरिप्रसाद पन्त जिल्ला प्रशासन कार्यालय ललितपुर, ललितकुमार बस्नेत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग सरुवा भएको उच्च स्रोतले जनाएको छ ।

उप–सचिव कल्पना घिमिरेलाई राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सरुवा गरिएको छ ।

उप–सचिव नारायण पाण्डेलाई इलाका प्रशासन कार्यालय चन्द्रौटा, ईश्वरीप्रसाद ढकाललाई जिल्ला प्रशासन कार्यालय कास्की, विष्णु पौडेल जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ ।

मीना अर्याललाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, सागर शाहलाई कसूरजन्य सम्पत्ति व्यवस्थापन विभाग र श्रवणकुमार पोखरेलको कारागार व्यवस्थापन विभागमा सरुवा भएको छ ।

Published : Wednesday, 2021 October 27, 10:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया