कांग्रेससँग ‘पङ्गा’ लिँदा ओली र एमालेको घमण्ड चक्नाचुर, शाक्यको आजै मुख्यमन्त्री पद फुत्किने

हेटौँडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज विश्वासको मत लिने भएकी छिन् ।

हेटौँडामा दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी हुन् । शाक्यको विपक्षमा बहुमत छ । शाक्यले आजै मुख्यमन्त्री पद गुमाउनेछिन् ।

त्यसपछि नेपाली कांग्रेससहितका दलहरूको समर्थनमा नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री बन्नेछन् ।

छ महिनापछि कांग्रेसले बागमती प्रदेशमा मुख्यमन्त्री पाउने सहमति भएको चर्चा छ । कांग्रेसले संसदीय दलका नेता इन्द्रबहादुर बानियाँलाई अगाडि सारेको छ ।

मुख्यमन्त्री बनेको एकसातामा अल्पमतमा परेकी शाक्यले दुई महिनापछि प्रदेश सभाबाट विश्वासको मत लिँदै छिन् ।

गठबन्धनका दलहरू माओवादी केन्द्र, नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपालका नेताहरूले राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका थिए । उनीहरूले विश्वासको मतको विपक्षमा मतदान जनाएका थिए ।

प्रस्तावको विपक्षमा बोलेका प्रदेश सभाका सदस्यहरूको प्रश्नको मुख्यमन्त्री शाक्यले जवाफ दिनेछिन् ।

हाल १०९ प्रदेश सभा सदस्य कायम रहेको प्रदेश सभामा बहुमतका लागि ५५ जना सदस्य आवश्यक हुन्छ ।

प्रदेश सभाका सदस्य रहेको एमालेका १३ जना प्रदेश सभाका सदस्यले एकीकृत समाजवादी रोजेसँगै एमाले सभामुखसहित ४३ सदस्यमा सीमित बन्दै प्रदेश सभामा बहुमत गुमाएको छ ।

गठबन्धनबाट आगामी मुख्यमन्त्रीमा प्रस्तावित एकीकृत समाजवादी का संसदीय दलका नेता राजेन्द्र पाण्डेको पक्षमा ५९ जना सांसद छन् ।

माओवादी केन्द्रको २३, कांग्रेसको २२, एकीकृत समाजवादीको १३ र जसपाका एक जना प्रदेश सभाका सदस्यले मुख्यमन्त्री शाक्यको विपक्षमा मतदान गर्ने भएका छन्

शाक्यलाई प्रदेश सभामा रहेका साना दलहरूले समर्थन गरे पनि विश्वास मतको प्रस्तावको पक्षमा बहुमत पुग्दैन । विवेकशील साझा पार्टीको तीन, नेमकिपा र राप्रपाको दुई–दुई जना प्रदेश सभाका सदस्य रहेका छन् ।

एमालेभित्रको अन्तरिक विवादले पार्टी विभाजन हुँदा बागमती प्रदेशमा पनि सरकार ढल्न लागेको छ । बागमती प्रदेशको सरकार ढल्यो भने प्रदेश नं. १ मा मात्रै एमालेको सरकार रहनेछ । प्रदेश १ मा पनि मुख्यमन्त्री भीम आचार्यविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेको छ ।

प्रदेश १ मा पनि एमालेको सरकार ढल्ने पक्का छ । त्यहाँ पनि एमाले अल्पमतमा छ । खड्गप्रसाद ओलीको अहँकार र हठका कारण एमालेको सरकारबाट पत्तासाफ भएको छ ।

झण्डै दुईतिहाइको बहुमत आएपछि ओलीको घमण्डले सीमा नाघेको थियो । ओलीले त्यस बेला कांग्रेसलाई २५ वर्ष खोजेर पनि नपाइने भन्दै होच्याएका थिए । तीन वर्षमै एमाले र ओलीको घमण्ड चक्नाचुर भएको छ ।

Published : Wednesday, 2021 October 27, 8:46 am

फेसबुकबाट तपाईको प्रतिक्रिया