महाधिवेशनबारे देउवाको यस्तो आयो धारणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले १४औँ महाधिवेशन मंसिरभित्र सक्ने गरी काम अगाडि बढाउन निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शीर्ष नेताहरूको बैठकमा सभापति देउवाले मंसिरभित्र महाधिवेशन हुने बताए । उनले मंसिरभित्र महाधिवेशन सक्ने गरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई आग्रह गरेका छन् ।

सभापति देउवा महाधिवेशन समयमा गर्न तयार छन् । उनले पटक–पटक महाधिवेशनको कार्यक्रम अगाडि बढाउन दवाव दिँदै आएका छन् । पार्टीभित्रैबाट केही नेताहरूले असहयोग गरेका कारण देउवालाई महाधिवेशन गर्न समस्या भएको छ ।

कांग्रेसले १४औं महाधिवेशन मंसिर ९ देखि १३ सम्म गर्ने तोकिसकेको छ । कांग्रेसको तयारी हेर्दा मंसिरभित्र महाधिवेशन हुने सम्भावना निकै कम छ ।

नेता रामचन्द्र पौडेलले सभापति देउवाले मंसिरभित्र महाधिवेशन सक्ने गरी अगाडि बढ्न आग्रह गरेको जानकारी दिएका छन् ।

नेता पौडेलले १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न केन्द्रीय समितिको बैठक बोलाउन आफूले माग गरेको बताएका छन् ।

१३ जिल्लामा वडा अधिवेशन भएको छैन १३ जिल्लामा जिल्ला अधिवेशन भैसकिइसकेको छ ।

Published : Tuesday, 2021 October 26, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया