सर्वोच्चका १४ न्यायाधीशहरूको बबण्डर निर्णय, जबरालाई तनाब

काठमाडौं । सर्वोच्च अदालतका १४ जना न्यायाधीशहरूले नेपाल बार एशोसिएशनसँग राखेको फुलकोर्ट बैठकमा सहभागी नहुने निर्णय गरेका छन् ।

सोमबार बार एसोसिएसन र फुलकोर्टको बैठक बस्ने तयारी छ । सर्वोच्चका न्यायाधीशहरूको यो निर्णयले प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरालाई तनाब भएको छ ।

१४ जना न्यायाधीशहरूले प्रधानन्यायाधीश जबराका कारण न्यायपालिका विवादमा तानिएको ठहर गरेका छन् । आइतबार अदालतमा उपस्थित १४ जना न्यायाधीशको बैठकले जबराको गतिविधिको आलोचना गर्दै बारसँगको फुलकोट बैठकमा सहभागी नहुने निर्णय गरेका हुन् ।

प्रधानन्यायाधीश जबरासँग आइबार नेपाल बारको छलफलले सोमबार फुलकोर्ट राख्ने सहमति भएको थियो ।

न्यायाधीश दीपक कार्कीको संयोजकत्वमा बैठक बसेको थियो । प्रधानन्यायाधीश जबराले सोमबार फुलकोर्ट बैठक राखेको नोटिस पाएपछि उनीबारे धारणा बनाउने विषय मोडिएको स्रोतले जनाएको छ ।

सोमबार फुलकोटको बैठक बस्दासम्म न्यायाधीशहरू इजलासमा बस्नेछैनन् ।

न्यायाधीशहरू दीपक कार्की, मीरा खडका, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई, प्रकाशमान सिंह राउत, वमकुमार श्रेष्ठ, टंकबहादुर मोक्तान, प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, हरि फुयाँल, कुमार रेग्मी, मनोजकुमार शर्मा र नहकुल सुवेदीले बारको बैठकमा उपस्थित नहुने निर्णयमा सामेल थिए ।

सर्वोच्च अदालतमा अहिले प्रधानन्यायाधीश सहित २० न्यायाधीश छन् । तीमध्ये प्रधानन्यायाधीश राणासहित १५ न्यायाधीश उपस्थित थिए ।

Published : Sunday, 2021 October 24, 8:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया